धनगढीः
बैतडीको पुरचौडीं नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर नेपाली भागेर सदरमुकाम हुँदै धनगढी पुगेका छन्। पुरचौडीका स्थानीयबाट असुरक्षा भएको भन्दै उनी जिल्ला सदरमुकाम हुँदै बुधवार धनगढी पुगेका हुन्।
सोमवार रोजगार सहायक एक जना, कम्प्युटर अपरेटर एक जना, एमआइएस अपरेटर एक जना र १२ जना कार्यालय सहयोगीका लागि भएको परीक्षामा मनोमानी गरेको भन्दै परीक्षार्थीले घेरेपछि सुरक्षाको माग गर्दै प्रशासकीय प्रमुख नेपाली भागेर जिल्ला सदरमुकाम हुँदै धनगढी पुगेका हुन्।
स्थानीयबाट सुरक्षाको खतरा महसुस गरेपछि सुरक्षाको माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई भेटेको नेपालीले दिनेशखबरलाई बताए। उनले करारमा कर्मचारी राख्न खोलेको विज्ञापनको परीक्षाफल प्रकाशनमा कुनै त्रुटि नभएको बताए। तर हाकिमले मिलेमतोमा नतिजा प्रकाशित गरेर आफू फरार भएको एक जना परीक्षार्थीले बताए। ‘हाकिम’ले मनोमानी गरेर नतिजा निकालेका छन्। हामीले निष्पक्ष किन भएन भनेर सोध्न खोजेको तर हाकिम साब एकाएक गायब हुनु भएको छ,’ ती परीक्षार्थीले बताए।
दिनेश खबरबाट