डडेल्धुरा : यही फागुन ६ गते त्रयोदशीमा डडेल्धुराको आलिताल स्थित स्याल्चौडी मन्दिरमा लाग्ने महाशिवरात्रि मेलाको सम्पूर्ण तयारी पूरा भएको छ ।
स्याल्चौडी मेला व्यवस्थापन समितिका अनुसार मेलाको सम्पूर्ण तयारि पुरा भइसकेको जनाएको छ।
अहिले रङरोगन र पतंगा लगाउने काम गरिरहेका छौ। पसल व्यबस्थापन र फिल्डमा रहेका ढुंगा मुडा हटाउने काम हिजो नै गरि सक्यौ । पालिकाको सहयोगमा उक्त कार्य गरिएको समितिका संयोजक गजेन्द्र भट्टले जानकारि दिए। मेलामा १० हजार बढि भक्तजन आउने उनको दावि छ ।
यो मेला डडेल्धुरालै एक प्रसिद्ध मेला समेत हो।