डडेल्धुरा : स्यालचौडी मन्दिर आलिताल गाउँपालिका ८ स्थित बुडर जोगबुढा सडकको छेउमा पर्छ। कुनै बेला मन्दिर वरिपरी बिगहा जमिन खालि थियो। अहिले उक्त जमिन साघुरिदै २/३ रोपनिमा पुगेको छ। कारण मन्दिरले उपभोग गर्दै आएको जग्गा अहिले स्थानियहरुको कब्जामा छ।
एक दर्जन बढी घरपरिवारले मन्दिरको जमिन अतिक्रमण गरेर घर टहरा र बाकि जमिनमा खेतिपाति गर्दैछन्।
अहिले मन्दिरको जग्गामा ठुला-ठुला घर बनेका छन्। खेत बनेका छन्। अहिले मन्दिर नजिक ठाँउ नभएर रंगुनखोलाको बगरमा मेला लगाउनु पर्ने बाध्यता छ। पहिला स्याल्चौडी मन्दिरले दर्जनौ बिगहा जमिन उपभोग गर्थ्यो। अहिले २/३ रोपनिमा पुगेको छ। मन्दिरको जमिनका बिषयमा हामिले बारम्बार कुरा उठाउदा समेत स्थानिय सरकार र सरोकारवाला व्यक्तिले कुनै चासो नदेखाएको स्थानिय युवा मोहन धामिले बताए।
मन्दिर नजिकै पक्कि घर लागेका छन्। पसल छन्। मन्दिरको जमिन किनबेच भइरहेको छ। यसमा हामि कसैको पनि चासो नहुनु दुखत कुरा हो धामिले भने।
मन्दिरको जमिन खालि गराउने बिषयमा बर्षौ देखि स्थानियसंग छलफल गरिरहेको वडा नं ८ का अध्यक्ष धन बहादुर देउवाले बताए । स्थानियहरुले जमिन अतिक्रमण गरेर बसेका छन्। हामि छलफलको माध्यमबाट समस्याको समाधान होस् भन्न चाहान्छौ। पुन: पनि हामि छलफल गर्छौ। स्थानियको कब्जामा रहेको जमिन स्यालचौडी मन्दिरको हो। उहाँहरुले त्यो जग्गा देउताको नामले इमान्दार साथ छोड्नु पर्छ अध्यक्ष देउवाले भने।
आज स्याल्चौडी मन्दिरमा महाशिवरात्रि मेला लाग्दै छ। मेलामा १० हजार बढी भक्तजन र श्रसद्धालुहरुले दर्शन गर्ने अनुमान गरिएको छ।