डडेल्धुरा: ‘स्वास्थ्यका लागि खेलकुद र राष्ट्रका लागी खेलकुद’ भन्ने नाराका साथ डडेल्धुराको परशुराम नगरपालिकामा वडा अध्यक्ष कप भलिबल प्रतियोगिता सुरु भएको छ। पालिकाको वडा नं १० मा आज आइतबार देखि प्रतियोगिता सुरु भएको हो।
नियमानुसार २५ प्रतिशत कर कट्टि गरि बिजेता बनेका खेलाडीहरुको समूहले प्रथम पुरस्कार २८ हजार , द्धितिय पुरुस्कार २२ हजार र तृतिय पुरस्कार १७ हजार सहित २ जना उत्कृष्ट खेलाडीहरुलाई सम्मान गरिने वडा अध्यक्ष राज कुमार भाटले जानकारी दिनुभयो। स्थानिय स्तरमा लुकेका खेलाडीहरुको प्रतिभालाई उजागर गर्ने उद्देस्यले खेल सञ्चालनमा ल्याएको उहाँले बताउनु भयो।
परशुराम नगरपालिका उपप्रमूख बिमला कुमारी बोहरा (महता) प्रमूख अथिति रहेको उक्त प्रतियोगिता आज एक समारोहका बिच उद्धघाटन गरिएको छ।
खेलाडीहरुको ओटा समूह सहभागि रहेको उक्त प्रतियोगिता मंगलबार सम्पन्न हुनेछ।