डडेल्धुराः डडेल्धुराको आलिताल गाउँपालिका–८ डोलामा रहेको दुर्गा माध्यामिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा धन बहादुर देउवाको इन्ट्रि भएको छ। विद्यालयमा शुक्रबार सम्पन्न भेलाले देउवालाई अध्यक्ष चुनेको हो। अध्ययळका उमेदवार लोकेश महरा र हर्क बिष्ट बिच सहमति नभए पछि समतिको बहुमत सदस्ययहरुले देउवालाई चयन गरेको हो।
विद्यालय व्यवस्थापन समितिको सदस्यमा लोकेश महरा, हर्क बहादुर बिष्ट, लळ्मि धामि, कृष्णा राना,, सरस्वती थापा, नाराण दत्त जोशि (प्रअ) इन्द्र साउँद (शिक्षक प्रतिनिधि) चयन भएका छन्।
विद्यालयको स्थानपन वि.सं २०२७ सालमा स्थापना भएको थियो। देउवाउको दोस्रो कार्यकाल हो।
अध्यक्ष देउवाले विद्यालयको शैक्षिक गुणस्तरवृद्धि तथा भौतिक पूर्वाधार विकास लागि आफूले पहल गर्ने बताए। अध्यक्ष बनेका देउवा वडा नं ८ का बर्तमान अध्यळ समेत हुन्।