डडेल्धुरा: बुडर-जोगबुढा सडक दैनिक ८ घण्टा बढि बन्द हुने भएको छ। आलिताल गाउपालिका ८ सुनखोलामा सडक चौडा बनाउने काम भइरहेकोले बन्द हुने भएको हो।
सवरिको लागि बैकल्पिक बाटो गोदाम देखि भित्रिसैन – बेलभाडी हुँदै जाल्टुडा जाने ब्यवस्था मिलाइएको निर्माण कम्पनिका प्रतिनिधि लोकेश महराले बताए। सनिदेब-मित्र जेभि कञ्चनपूरले निर्माणको जिम्मा पाएको हो।
सुनखोलाको चट्टान कटिङ भइरहेको सडक आपत्कालिन समय बाहेक बिहान ११ देखि १२ बजे, अपराह्न ४ देख बजे र ७ बजे देखि दोस्रो दिन बिहान ६ बजे सम्म खुला रहने छ।
उक्त ठाँउमा सडक साँघुरोका कारण बेला-बेला सवारी दुर्घटना हुने गरेका थिए। बर्षातमा पहिरो आएर हप्तौं सम्म सडक बन्द समेत हुने गरेको थियो। सो सडक चौडा भए पछि आवत-जावतको लागि जोखिम कम हुने स्थानिय बताउछन्।