डडेल्धुरा। “कृषि पर्यटन, उद्योग र ब्यपार समृद्ध भित्रिमधेशको आधार” भन्ने मुल नाराका साथ डडेल्धुराको परशुराममा भित्रिमधेश कृषि पर्यटन तथा सास्कृतिक महोत्सव आजबाट सरु हुने भएको छ। परशुराम नगरपालिका-१२ जोगबुढाको परशुराम रंगमैदानमा लाग्ने महोत्सव शुदुरपश्चिम प्रदेश प्रमुख देबराज जोशिले उदघाटन गर्ने आयोजकले जनाएको छ।
जोगबुढा उद्योग बाणिज्य संघको आयोजनामा हुन लागेको महोतसव आज सोमबार बाट १० दिन फाल्गुन २५ गते सम्म चल्ने छ। महोत्सवमा राष्ट्रिय तथा स्थानिय कलाकारको प्रस्तुति रहने छ। स्थानिय उत्पादन र स्थानिय खानाका परिकारलाई बिषेश प्ररथिकतामा राखेको उद्योग बाणिज्य संघका अध्यळ जनक बोहराले बताए।
आज कलाकार मञ्जु पौडेलको प्रस्तुति रहने छ। महोत्सवको भोलि दोस्रो दिन लाल बहादुर धामि अछामि बड्डो र मोडल अनुस्का भण्डारी मुख्य आकर्शक रहने छन।
महोत्सवमा डडेल्धुराका सातवटै पालिका प्रमुख र जिल्ला का माननियहरुलाई पनि प्रमुख अथितिमा निमन्त्रणा गरिएको आयोजकले बताएको छ।