डडेल्धुरा : डडेल्धुराको भित्रिमधेश महोत्सवको आज पाँचौ दिन लोक डेउडा गायक टंक तिमिल्सिनाले दर्शकलाई झुमायका छन्।
‘पिपल पाते ओठ पुक्क पुक्क गाला,मैना, साह्रै छुच्चि मायालु’ लगायतका गित गाउदा दर्शक निकै झुमेका थिए।
तिमिल्सिनासंगै गायक एल. बि. चन्द र मोडेल रोजि कुँवरले पनि प्रस्तुति राखेका थिए।
महोत्सवको छैटौ दिन भोलि डेउडा गायक चेतन बोहरा आउने भएका छन्। बोहराको छाई हान्या गठिको पारो, ए चम्पा बोलको गित यतिबेला भाइरल छ।
तस्बिरहरु