डडेल्धुरा: उद्योग बाणिज्य संघ जोगबुढाले आयोजना गरेको तेस्रो भित्रि मधेश महोत्सव आज छैटौ दिनमा प्रवेश गरेको छ। महोत्सवमा दर्शकको उत्साह जनक उपस्थिति रहेको छ।
अहिले सम्म गायक लाल बहादुर धामी, रमेशराज भट्टराई, खुमन अधिकारी र हिजो मात्रै लोक डेउडा गायक टंक तिमिल्सिनाले दर्शक झुमायका छन्। चर्चित गायकहरुसंगै मेडल मञ्जु पौडेल, अनुस्का भण्डारी,अस्मिता पुरी,र रोजि कुँवरले प्रस्तुति दिसकेका छन्।
आज फाल्गुन २० गते महोत्सवको छैटौं दिन चर्चित गायक चेतन बोहरा, सुरेश चोखाल र मोडल रोजि कुँवरको प्रस्तुति रहने छ।
यस्तै महोत्सवमा भोलिबाट लगातार चर्चित कलाकार आउदैछन्।
भोलि २१ गते चर्चित गायिका शान्ति श्रि परियार, मनिष खड्का र मोडल रुबिना अधिकारी, २२ गते बाल गायक सुप्रिम मल्ल, गौरि भट्ट र मोडल झरना बोहरा, २३ गते चर्चित गायक पुस्कल शर्मा, टेक बिसि र मोडल टिका जैसि, २४ गते लोक दोहरी गायक राम जि खाड, भिम बिष्ट (अछामि रेखा) र मोडेल दिया गिरि, २५ गते गायक चक्र बम, ध्वज बोहरा, सौगात ओझा र मोडेल प्रिति तामाङ आउने आयोजकले जनाएको छ।
कार्यक्रम गायिका तथा उद्घोषिका उमा देबि खनालले सञ्चान गिरहेकी छिन्।