डडेल्धुरा: डडेल्धुराको जोगबुढामा जारी तेस्रो भित्रि मधेश महोत्सवमा आज गायिका शान्ति श्री परियार आउने भएकी छन्। उनि संगै मोडल रुबिना अधिकारी र गायक मनिष खड्काको पनि प्रस्तुति रहने आयोजकले बताएको छ।
“बोल माया” बाट चम्किएकी शान्ति श्री पछिल्लो समय पछ्यौरी, माझि दाई लगायतका गित निकै चर्चित रहेका छन्।
महोत्सव अवधीभर अपाङगता भएका र जेष्ठ नागरिकहरुलाई परिचय पत्रका आधारमा बिभिन्न ब्यक्ति र संस्थाहरुले निशुल्क प्रवेशको व्यवस्था मिलाएको आयोजकले जानकारी दिएको छ । त्यस्तै सर्वसाधारणका लागि रु। ७० रुपैया तथा विद्यार्थीको हकमा रु ३० रुपैयाँ टिकटदर कायम गरिएको छ ।
“कृषि पर्यटन, उद्योग र व्यपार समृद्ध भित्रि मधेशको आधार” भन्ने मूल नाराका साथ आयोजना गरिएको प्रदर्शनीमा दोस्रो दिनबाट सांस्कृतिक कार्यक्रमहरु सुरु भएका हुन् । महोत्सवको दोस्रो दिन चर्चीत कलाकारहरुले आफ्नो प्रस्तुति राखेका थिए ।
महोत्सवको दोस्रो दिन चर्चीत गायक लाल बहादुर धामी, खुमन अधिकारी, टंक तिमल्सीना, चेतन बोहरा, एलबि चन्द, शुरेश चोखाल र थुप्रै स्थानिय कलाकारले प्रस्तुति दिइसकेका छन्।