डडेल्धुरा: डडेल्धुराको जोगबुढामा जारी तेस्रो भित्रि मधेश महोत्सवमा भोली फाल्गुन (२२ गते) सुदुरपश्चिमकी चर्चित लोक डेउडा गायिका गौरी भट्ट आउने भएकी छन्। उनि संगै नेपालकै चर्चित बाल गायक सुप्रिम मल्ल पनि आउने भएका छन्। मोडलमा झरना बोहराको प्रस्तुति रहने आयोजकले बताएको छ।
“जन्म्या ठाँउ बिरानि भैगई” बाट चम्किएकी भट्ट पछिल्लो समय मुसुर्दानि, का धड्कन्छै मुटु,मेरा गाँउ जाल्लि मुई जसि होल्लि, ब्या गर्देउ लगायतका गित निकै चर्चित रहेका छन्। सुदुरपश्चिमका डेउडा प्रेमि र बुढापाकाहरु गौरी भट्ट भने पछी हुरुक्कै हुने गरेका छन्।
महोत्सव अवधीभर अपाङगता भएका र जेष्ठ नागरिकहरुलाई परिचय पत्रका आधारमा बिभिन्न ब्यक्ति र संस्थाहरुले निशुल्क प्रवेशको व्यवस्था मिलाएको आयोजकले जानकारी दिएको छ । त्यस्तै सर्वसाधारणका लागि रु। ७० रुपैया तथा विद्यार्थीको हकमा रु ३० रुपैयाँ टिकटदर कायम गरिएको छ ।
“कृषि पर्यटन, उद्योग र व्यपार समृद्ध भित्रि मधेशको आधार” भन्ने मूल नाराका साथ आयोजना गरिएको प्रदर्शनीमा दोस्रो दिनबाट सांस्कृतिक कार्यक्रमहरु सुरु भएका हुन् । महोत्सवको दोस्रो दिन चर्चीत कलाकारहरुले आफ्नो प्रस्तुति राखेका थिए ।
महोत्सवको दोस्रो दिन चर्चीत गायक लाल बहादुर धामी, खुमन अधिकारी, टंक तिमल्सीना, चेतन बोहरा, एलबि चन्द, शुरेश चोखाल, मनिष खड्का र नेपालकै टप गायिका शान्ति श्री परियारले लगायत थुप्रै स्थानिय कलाकारले प्रस्तुति दिइसकेका छन्।