डडेल्धुरा: डडेल्धुराको जोगबुढामा जारी तेस्रो भित्रि मधेश महोत्सवको आज अन्तिम दिन गायक गोपल नेपाल जिएम आउने भएका छन्। उनि संगै गायक रमेश मल्ल र मोडेल अनुस्का भण्डारीको पनि प्रस्तुति रहने आयोजकले बताएको छ।
फागुन १५ गते उट्घाटन भएको महोत्सब फागुन २५ गते समापन हुने भनिएता पनि आन्तरिक व्यापारी तथा आम सर्बसाधारणको आग्रहमा महोत्सवलाई थप एक दिन आज सम्म लब्याइएको आयोजकले बताएको छ । सुरुवातको समयमा केहि दिन दर्शकको कमि देखिए पनि पछिल्ला दिनहरुमा दर्शकको आकर्षण देखिन थालेको छ ।
महोत्सव अवधीभर अपाङगता भएका र जेष्ठ नागरिकहरुलाई परिचय पत्रका आधारमा बिभिन्न ब्यक्ति र संस्थाहरुले निशुल्क प्रवेशको व्यवस्था मिलाएको आयोजकले जानकारी दिएको छ । त्यस्तै सर्वसाधारणका लागि रु। ७० रुपैया तथा विद्यार्थीको हकमा रु ३० रुपैयाँ टिकटदर कायम गरिएको छ ।
“कृषि पर्यटन, उद्योग र व्यपार समृद्ध भित्रि मधेशको आधार” भन्ने मूल नाराका साथ आयोजना गरिएको प्रदर्शनीमा दोस्रो दिनबाट सांस्कृतिक कार्यक्रमहरु सुरु भएका हुन् । महोत्सवको दोस्रो दिन चर्चीत कलाकारहरुले आफ्नो प्रस्तुति राखेका थिए ।
महोत्सवको दोस्रो दिन चर्चीत गायक लाल बहादुर धामी, खुमन अधिकारी, टंक तिमल्सीना, चेतन बोहरा, एलबि चन्द, शुरेश चोखाल, राम जि खाड र थुप्रै स्थानिय कलाकारले प्रस्तुति दिइसकेका छन्।