धनगढी: डोटीमा जिप र मोटरसाइकल एक आपसमा ठोक्किदा दुर्घटना भएको छ।
सिलगढी देखि दिपायल जाँदै गरेको सु.प.प्र. ०१–००१ ज १२५९ नम्बरको जिप र नम्बर नखुलेका मोटरसाइकल एक आपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। दुर्घटनाको कारण नखुलेको प्रहरीले बताएको छ। यस सम्बन्धमा विस्तृत जानकारी आउन बाँकी रहेको प्रहरीले बताएको छ।