धनगढीः सेती प्रादेशीक अस्पतालमा एक महिला बिरामीको मृत्यु भएको छ। आज बिहान चुरे गाउँपालिका–३ की ३७ वर्षीया झरना थापा मगरको मृत्यु भएको हो।
पाठेघरको समस्या भएकी मगरको शल्यक्रिया भएपछि मृत्यु भएको अस्पतालले जनाएको छ। उनको पाठेघरमा मासु पलाएकोमा हिजो नै शल्यक्रिया गरिएको थियो। तर, पाठेघरको शल्यक्रिया गरिएपछि त्यसको केही समयमै उनको मुत्यु भएको बताइएको छ। आफन्तका अनुसार बिरामीको पाठेघरमा मासु पलाएको भनेर विहिबार शल्यक्रियाको मिति छ भनेर अस्पतालले जानकारी दिएको थियो। तर, शुक्रबार मात्रै शल्यक्रियाका गरिएको थियो।
शल्यक्रिया भएर बिरामीलाई आइसियुमा राखेको जानकारी आएको तर फेरि बिहान मृत्यु भएको भनेर जानकारी गराइएको मृतकका आफन्तले बताएका छन्। अस्पतालको लापरबाहीका कारण बिरामीको ज्यान गएको आफन्तको आरोप छ।