धनगढी: धर्मेन्द्र बास्तोला ‘कञ्चन’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टि (बहुमत) कंचनपुरले वित्तिय संस्थामा ताला बन्दी गरेको छ।
बेदकाेट नगरपालिका सुडामा रहेकाे नेशनल माईक्राे फाईनान्स वित्तिय संस्था लिमिटेडमा तालाबन्दी गरेकाे हो ।
बहुमतले आईतबार संस्थाकाे कार्यालयमा तालाबन्दि किन भन्ने बारे लेखिएकाे कालाे ब्यानर लगाउदै तालाबन्दी गरेका हुन।
लघुवित्तले उपभोक्ता बाट चर्को व्याज असुलि गरिरहेका ले, हाम्रो पार्टि को माग ५% हुनुपर्ने भएकाले,किस्ता असुलि उपर गर्न उपभोक्ता रिणिहरु सित महिना महिनामा किस्ता का लागि जवरजस्ति र दुर्वयहार गरेको पाईएकाले,बिभिन्न प्रलोभन (स्किम) दिएर उपभोक्ता तथा रिणिहरु लाई ठग्ने र दुख दिने गरेको पाईएकाले,उपभोक्ता हरु को बचत बुक संस्थामा राखेर बचत को आय व्याय पारदर्सि नभएको उपभोक्ताहरु को रिपोर्ट आएको र सेवा शुल्क बिमा लगायत शिर्षक मा अनावश्यक रकम लिने भएकाले तालाबन्दि गरेकाे बहुमतले जनाएको छ।