बैतडीः बैतडीमा काँग्रेस सभापतिमाथि कुटपिट भएको छ। नेपाली कांग्रेस डिलाशैनी गाउँपालिकाका सभापति तथा जिल्ला कार्य समिति सदस्य जयानन्द जोशी (जयराज) माथि आइतबार साझ कुटपिट भएको हो।
आफ्नै कोठामा खाना पकाइरहेको बेला सभापति जोशीमाथि कुटपिट भएको बताइएको छ। जोशीमाथि कुटपीट गरेको आरोपमा प्रहरीले स्थानीय विरेन्द्र जोशीलाई नियन्त्रणमा लिएको बैतडी प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए।