डडेल्धुरा: डडेल्धुराको आलिताल गाँउपालिका वडा नम्बर १ र २ मा सामाजिक सुरक्षा भत्ता वडा बाटै बितरण गर्न सरु गरिएको छ। राज्यले दिएको सेवा सुबिधा आफ्नै वडाबाट प्राप्त गर्दा स्थानीयहरू खुशी भएका छन् ।
पालिकाको सदरमुकामबाट वडा नं १ र २ टाढा (बिकट) भएकाले सामाजिक सुरळा भत्ता पाउन त्यहाँका वृद्धबृद्धाहरुले बिगत देखी खेप्दै आएको सास्ती अन्त्य गर्न वडाबाटै बितरण गरेको आलिताल गाँउपालिका अध्यळ शेर सिंह पार्कीले बताउनु भयो।
बैंक जादा गाडीको समस्या, भिडभाड, लाइनमा बस्नु पर्ने जस्ता समस्या देखेर मैले बैंकलाई वडामै गएर रकम बाडिदिन पटक-पटक आवस्यक समन्वय संगै ताकेता गरे, ति वडा सदरमुकामको पहुँच भन्दा अलिक टाढा भएकाले आफु पालिका अध्यळको लागि भोट माग्न जाँदा सामाजिक सुरळा भत्ता वडाबाटै वितरण गरने एजेण्डा समेत राखेको उनले भने। बोले अनुसारको बचन पुरा गरेको र वडाबासीलाई जनउत्तरदायी स्थानिय सरकारको प्रत्याभुति दिलाउनमा आफुहरुको बिशेष जोड रहने उनले बताए।