धनगढीः कैलालीको चिसापानी प्रहरीले जिपभित्र अवैध काठ बरामद गरेको छ। ईलाका प्रहरी कार्यालय चिसापानीले ६३ थान कडी जिपभित्र फेला पारेको हो।
आज ईलाका प्रहरी कार्यालय चिसापानीबाट प्रहरी निरीक्षक टेकबहादुर जोराको कमाण्डमा खटिएको प्रहरी टोलीले मोहन्याल गाउँपालिका–७ पितमारीस्थित सोल्टा चिसापानी सडक खण्डको कुईनेबाट चिसापानीतर्फ जाँदै गरेको से १ ज ११४५ नम्बरको जिपबाट सालका ६३ कडी बरामद गरेको छ।
काठसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। घोडाघोडी नगरपालिका–२ का ३८ वर्षीय दिनेश बिसी र वडा नम्बर ४ बसन्ताका १८ वर्षीय राज रसाईलीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।