मुम्बई । अक्षय कुमार स्कटल्याण्डमा टाइगर श्रौफसँग फिल्म ‘बडे मियाँ छोटे मियाँ’ को सुटिङ गरिरहेका छन् । अक्षय र टाइगर पहिलो पटक स्क्रिन सेयर गर्दैछन् ।
मिडिया रिपोर्टका अनुसार अक्षय कुमार फिल्मको सेटमा सुटिङको क्रममा घाइते भएका थिए । तर, अक्षयलाई धेरै चोट लागेन र केही समय ब्रेक लिएर सेटमा फर्किएका छन् । अक्षयको घुँडामा चोट लागेको बताइएको छ । अहिले अक्षयले घुँडाको ब्रेस लगाएका छन् ।