कैलाली: सुदूरपश्चिम प्रदेशमा हावाहुरीसहित हल्का वर्षा भइरहेको छ।
हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशको गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेश सहित बाँकी प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रहेको छ। आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने छ।
देशका केही स्थानहरूमा चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। यो क्रम राति पनि जारी रहने छ।