डडेल्धुरा: डडेल्धुरा जिल्लाको आलिताल गाँउपालिकाले एसइइमा सहभागि परीक्षार्थीहरुलाई नि:शुल्क खाना उपलब्ध गराउने भएको छ।

शुक्रबारबाट सुरु भएको परिळामा आलितालबाट ३ सय १६ जना परीक्षार्थी छन्। जस मध्ये दुई जनाको अनुउपस्थिती रहेको छ।
पहिला १ मात्र एसइइ परिक्षा केन्द्र रहेको आलितालमा यो बर्ष देखि दुर्गा मावि डोला र कृष्ण कालिका घरेलु गरि
दुई ओटा परिक्षा केन्द्र रहेका छन्। दुर्गा माविमा १३१ र कृष्ण कालिकामा १८४ परीक्षार्थी सहभागि छन्।
पालिकाको दुर्गम अर्थात पालिका सदरमुकामबाट टाढा रहेका वडा नम्बर १ को भुवनेश्वरी मावि र २ को उणिकोट माविका परीक्षार्थिलाई नि:शुल्क खानाको व्यवस्था गरिएको हो। कृष्ण कालिकाबाट परिक्षा दिईरहेका १ र २ नम्बर वडाका परीक्षार्थीहरुको खाना वाफतको रकम पालिकाले उपलब्ध गराउने छ।
टाढाबाट आउने विद्यार्थीको खर्चलाई मध्यनजर गर्दै नि:शुल्क खानाको व्यावस्था गरिएको पालिका अध्यक्ष शेर सिंह पार्कीले बताउनु भयो।
यस अघि उक्त क्षेत्रका विद्यार्थीहरु पालिकामा परिक्षा केन्द्र एउटै भएका कारण पालिका भन्दा बाहिर डडेल्धुरा सदरमुकामबाट परिक्षा दिने गरेका थिए।











