डडेल्धुरा: डडेल्धुराको आलिताल गाँउपालिका उपाध्यळ मैना कुमारी रावलले आज विभिन्न विद्यालयमा पुगेर एसईई परीक्षाको अनुगमन गरेकी छन्।
उपाध्यळ रावलले आलिताल गाँउपालिकाका २ वटा परीक्षा केन्द्रमा पुगेर परीक्षाको अनुगमन गरेकी हुन् । उनले कृष्ण कालिका मावि परीक्षा केन्द्र घरेलु र दुर्गा मावि परिळा केन्द्र डोलामा पुगेर अनुगमन गरेकी हुन्।
अनुगमनपछि पालिका उपाध्यळ रावलले एसईई परीक्षा मर्यादित र व्यवस्थित रुपमा सञ्चालन भइरहेको बताइन् । उनले भनिन्, ‘अनुगमनमा त्यस्तो कुनै अमर्यादित गतिविधि देखिएन, विद्यार्थीले पनि ढुक्कसँग परीक्षा दिइरहेका पाइयो ।’ उनले अब हुने एसईईको बाँकी परीक्षार्थीलाई पनि व्यवस्थित र मर्यादित बनाउन केन्द्राध्यक्ष तथा शिक्षक कर्मचारीलाई निर्देशन दिइन् ।
उपाध्यळ रावलले विद्यार्थीलाई पनि ढुक्कसँग परीक्षा दिन आग्रह गरिन् । आज विद्यार्थीले अनिवार्य गणितको परीक्षा दिएका थिए ।
आलितालमा ३१६ जना परीळार्थीले सएइइ दिइरहेका छन्।
डडेल्धुराका १२ वटा केन्द्रमा माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ। परीक्षामा दुई हजार ६८९ विद्यार्थी सहभागी रहेको शिक्षा विकास तथा समन्वय एकाइ डडेल्धुराका प्रमुख नारद जोशीले बताए। सुदूरपश्चिमका नौ जिल्लामध्ये डडेल्धुराबाट सबैभन्दा कम विद्यार्थी परीक्षामा सहभागी छन्।
शिक्षा विकास निर्देशनालय दिपायल डोटीको तथ्याङ्कअनुसार सुदर पश्चिममा एसईईमा ५५ हजार तीन सय ७६ विद्यार्थी सहभागी भएका छन्।