डडेल्धुरा, चैत्र २० : जिल्लाको आलिताल गाँउपालिकामा ५ करोड ५४ लाख २० हजार लागत सम्झौतामा निर्माण भइरहेको करिब ३० कोठे प्रशासनिक भवनको निर्माण कार्य तिब्र भईरहको छ।
आलिताल गाउँपालिकाको प्रशासनिक भवनको निर्माण ठेक्का पाएको जे.भि. पार्नटर श्री पन्त कन्ट्रक्सन कम्पनी प्रा.लि. झलारी कञ्चनपुर र श्री वाई आर कन्ट्रक्सन कम्पनी प्रा.लि. भिमदत्त नगरपालिका-१५ कञ्चनपुरले ठेक्का सम्झौता भएको ९ महिना बितिसक्दा पनि निर्माणमा कुनै तदारुकता नदेखाए पछी कारबाही प्रक्रिया अघि बढाउन पालिकाले एक सुचना जारी गरेको थियो।
निर्माण कार्य सुरु गर्न पटक-पटक निर्माण कम्पनीलाई लिखित तथा मौखिक जानकारी गराउदा पनि सम्झौता बमोजिम काम नगरेकोले हामीले उक्त कम्पनिलाई कालो सुचिमा राख्न सिफारिस गर्ने निर्णय गरिसकेका थियौँ। लगत्तै निर्माण कम्पनि आएर काम गर्यो, अहिले पनि काम भइरहेको छ। भवनको निर्माण कार्य सम्झौता अवधि भित्र नसके थप कार्बाहीको प्रक्रिया अगाडी बढाउने आलिताल गाँउपालिका अध्यळ शेर सिंह पार्कीले बताउनु भयो। साथै निर्माण कार्य जति सक्दो चाडोँ सक्न समेत निर्देशन दिएको छु उनले भने।
सार्वजनिक खरिद नियमावली २०६४ को ११३(६) बमोजिम खरिद सम्झौता अन्त्य गरिने भएकाले खरिद सम्झौता अन्त्य नगर्नु पर्ने कुनै मनासिव कारण भए सुचना प्रकाशन समेत गरेको थियो। सात दिन भित्र आलिताल गाउँपालिकाको कार्यालयमा निर्माण कम्पनीलाई प्रमाण सहित उपस्थित हुन सुचनामा उल्लेख गरिएको थियो।