धनगढी : नयाँ वर्ष २०८० को स्वागतका लागि धनगढीमा साङ्गीतिक कार्यक्रम हुने भएको छ। धनगढीको सौराइ स्क्वायरमा न्यू इयर इभ २०८० हुने भएको हो। सौराइ स्क्वायर र रक स्टारको आयोजनामा चैत ३० गते उक्त कार्यक्रम हुने आयोजकले बताएको छ। उक्त कार्यक्रममा गायक टंक तिमिल्सिना र डिजेमा नेहा रहेकी छिन्।
त्यस्तै कोपिला सिंह, रमेश बिजुली बिसि, मनिषा सिंह, सदिच्छा चौधरी, प्रियंका कुवँर र सरु सानी लगायतका गायक तथा मोडेलहरुको प्रस्तुती रहने आयोजकले बताएको छ। धनगढी ४ चटकपुरमा रहेको सौराई स्क्वायरमा चैत ३० गते साझ ६ बजेदेखि राति १२ बजेसम्म कार्यक्रम सञ्चालन हुने आयोजकले मंगलवार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै बताएको छ।
उक्त कार्यक्रमको प्रायोजकमा नेपाल आइस, रातो बाघ भोड्का, द हिमालयन रिजर्भ, क्यानभास, म्याक्स टाइगर, अनुपमा बेकरी, लीप, रियल फ्रुट, नयाँ सन्देश, वल्ड लिंक, डीजे म्याक्स, कल ट्वान्टी फोर न्यूज, डीजे सुरज र ओम सुरेन्द्र किराना रहेका छन् । कार्यक्रममा प्रति व्यक्ति एक हजार रुपैयाँ टिकट रहेको र उक्त टिकटमा खानाको पनि व्यस्तता रहने आयोजकले जनाएको छ।