कैलाली: अखिल (क्रान्तिकारी)को चौथौ पूर्ण बैठकले विनोद जप्रेलाई केन्द्रिय सदस्यमा मनोनित गरेको छ ।
जप्रेल लामो समयदेखि विद्यार्थी राजनितीमा संगठित थिए। कैलाली जिल्लाको उपाध्यक्ष समेत भैसकेका जप्रेल कैलाली बहुमुखी क्याम्पसको इकाई अध्यक्ष समेत भएका थिए जप्रेल पार्टी र विद्यार्थी माझ लोकप्रिय छन।
नेकपा (बहुमत)को जिल्ला कमिटी सदस्य समेत रहेका जप्रेल समाजको विधमान गरिबी, जातिय विभेद र विद्यार्थीमाथिको राज्यको गलत रबैयाका कारण क्रान्तिकारी आन्दोलनमा होमिनु परेको उनि बताउछन्।
वर्गिय मुक्तिका लागि अग्र मोर्चामा रहेर संघर्ष गर्ने र अहिलेको आवश्यकता पनि यहि रहेकोे जप्रेलको दबि छ।