काठमाडौँः घुस प्रकरणमा मुछिएर पार्टीबाट निलम्बनमा परेका सांसद ढाकाराम श्रेष्ठसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एकल छलफल गरेका छन्।
उक्त प्रकरणमा निर्णय लिन केन्द्रीय समितिको बैठक बस्नुअघि लामिछानेले श्रेष्ठसँग छुट्टै बसेर कुराकानी गरेका हुन्। मन्त्री बन्न लामिछानेको कोर टिमलाई दुई करोड बुझाउनुपर्ने भन्दै श्रेष्ठले मेडिकल माफिया दुर्गा प्रसाईं मार्सीसँग पैसा मागेको टेलिफोन संवादको अडिओ सार्वजनिक भएपछि रास्वपाले उनलाई निलम्बन गरेको छ।
अडियोमा सुनिएको आवाज आफ्नो नभएको श्रेष्ठले जिकिर गरिरहेका छन्। त्यसको अध्ययन गरेर समितिले सभापति लामिछानेलाई हिजै प्रतिवेदन बुझाइएकोछ। यसबारे निर्णय लिन आज बोलाइएको केन्द्रीय समिति बैठकअघि लामिछानेले श्रेष्ठसँग छलफल गरेका हुन्। यसअघि उपसभापति डोलप्रसाद अर्यालले पनि सांसद श्रेष्ठसँग छलफल गरेका थिए।