धनगढीः कैलालीको मालाखेती अस्पतालमा मृत्यु भएकी सुत्केरीको परिवारलाई ५ लाख क्षतिपूर्ति दिइने सहमति भएको छ।
नवजात शिशुसहित मृत्यु भएकी सुत्केरी लक्ष्मी भटराईको परिवारलाई पाँच लाख रुपैया, एक सन्तानलाई आवससहितको माध्यामिक शिक्षासम्मको अध्यापन तथा लापरबाही गर्ने चिकित्सकलाई कारबाही गर्ने सहमति भएको हो।
छानबिन समितिका संयोजक शिवराज जोशीले पीडित पक्षसँग सहमति भएको बताएका छन्। उनले शिशुसहित महिलाको शव धनगढी ल्याउने बताए। अत्तरियामा रहेको मालाखेती अस्पतालमा सुत्केरी महिलाको सोमवार मृत्यु भएको थियो। चिकित्सकको लापरबाहीले शिशुसहित सुत्केरीको मृत्यु भएको पीडित परिवार आन्दोलनमा थिए। बुधवार पीडित परिवार, प्रहरी, गोदावरी नगरपालिकाका जनप्रतिनिधि र छानबिन समितिले उक्त सहमति गरेको हो।दिनेश खबरबाट