धनगढी: नेपाल कम्युनिस्ट पार्टि माओबादि (केन्द्र) परशुरामले
बृहत कार्यकर्ता भेला गर्ने भएको छ।
परशुराम रंगमैदानमा आउदो बैसाख ३ गते विहान १० बजे नगर स्तरिय कार्यकर्ता भेला आयोजना गरीने माओवादी केन्द्र परशुराम अध्यक्ष शेरसिंह माल (डायमण्ड) ले जानकारी दिए ।
पार्टीको संगठनात्मक लगायतका अन्य बिबिध विषयमा छलफल गर्न आमभेला आयोजना गरीएको उनले जानकारी दिए ।
आम भेलामा नगर कमिटिका सम्पुर्ण सदस्य तथा पदाधिकारी, भातृ तथा सुभेच्छुक संगठनहरु शिक्षक, किसान ,मजदुर , बिद्यार्थि , महिला दलित वाईसियल, पुर्बजनमुक्ति सेना पार्टीवाट निर्वाचित, पुर्व र वर्तमान जनप्रतिनिधि, पार्टिका १२ वटै वडाका अध्यक्ष तथा पदाधिकारी, सम्पुर्ण जनवर्गिय संगठन सदस्य तथा पदाधिकारी, जेस्ठ कम्युनिस्ट मन्चका सदस्य तथा पादधीकारीलाई बैठकमा आह्वान गरिएको नगर अध्यक्ष मालले जानकारी दिए।