धनगढी: इम्प्याक्ट नेपालको आयोजना र सि.बि.एमको आर्थिक सहयोगमा यही बैशाख ८ गते देखी ११ गते सम्म कानको निःशुल्क शल्यक्रिया शिविर सञ्चालन हुने भएको छ ।
४ दिने नि:शुल्क कान शिबिर अत्तरियाको बनखेतमा रहेको इम्प्याक्ट नेपालको कार्यालयमा सञ्चालन हुने छ। टिचिङ हस्पिटल काठ्माण्डौका नाक, कान घाटी रोग बिशेषज्ञा डाक्टर
हरुबाट बिरामिको उपचार गरिने कार्यालयले जनाएको छ। शिविरमा कानका जुनसुकै ठाँउका बिरामिले पनि सहभागि हुन पाउने छन्।
इम्प्याक्ट नेपालले बिगत साढे ५ बर्ष देखी सुदूरपश्चिम क्षेत्रमा अपागंताको क्षेत्रमा तथा बहिरोपना रोकथामका लागि काम गर्दै आइरहेको इम्प्याक्ट नेपाल कान उपचार केन्द्रको रुपमा अत्तरिया, बनखेतमा स्थापित भई कान सम्बन्धि सम्पुर्ण उपचार गर्दै आई रहेका इम्प्याक्ट नेपाल कान उपचार केन्द्र अत्तरियाका परियोजना अधिकृत राम बहादुर बोगटीले बताए ।