डडेल्धुरा: डडेल्धुराको आलिताल गाँउपालिका वडा नं ५ को वडा भवनको सिलन्यास गरिएको छ।
गाउँपालिका उपाध्यळ मैना कुमारी रावलद्वारा भवनको सिलन्यास गरिएको हो।
आलिताल गाँउपालिका र सुदुरपश्चिम सरकारको सम्पुरक बजेटमा निर्माण हुन लागेको ६३ लाख ४१ हजारमा डि.आर. कन्ट्रक्सन एण्ड बिल्डर्स डोटीले २०७९ फाल्गुन १६ मा निर्माण सम्झौता भएको थियो। टेन्डर आह्वान भएको कुल रकम ९६ लाख ४२ हजारमा निर्माण कम्पनी ३४.८९ प्रतिशत घटिघटाउमा ठेक्का भएको हो।
निर्माण कम्पनीले ०८१ जेठ मसान्त सम्म निर्माण कार्य सम्पन्न गर्ने गरि ठेक्का सम्झौता भएको इन्जिनियर आकाश जशीले जानकारी दिए।
०७७/०७८ को आर्थिक बर्षमा एकै साथ ३ वडाका भवन निर्माण भएको थियो। भवन निर्माण हुनेमा वडा नं १, ३,४ र वडा नं ८ को भवनहरु निर्माण गरेको थियो। वडा नं २ को साबिक गांखेत गाविसको आफ्नै भवन रहेको छ।
वडा नं ६ र ७ को भौतिक संरचना निर्माण हुन बाकी रहेको छ। जस मध्ये वडा नम्बर ७ को भवन निर्माणको टेन्डर लगत्तै गरिने पालिकाले जनाएको छ।