धनगडी: माया मेट्रो हस्पिटल प्रा.लि. कैलाली र आलिताल गाँपालिका वडा नं २ बिच अस्पतालले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
सम्झौता अनुसार हस्पिटलमा उपचार गराउँदा वडा नं २ का बिरामिहरुले ल्याबमा १५, बेड चार्जमा १०, इन्डसकोपि,युएसजि,इकोमा १०, टिएमटी,एबिपि,होल्टटरमा १०, सिटि स्क्यानमा १०, फार्मेसिमा ५, र ओटीमा ५ प्ररिशतले छुट पाउने छन्।
वडा नं २ का तर्फफाट वडा अध्यळ प्रमोद मल्ल र माया मेट्रो अस्पतालका तर्फबाट हस्पिटलका निर्देशक मोहन साउदले सम्झौतामा हस्ताळर गरेका छन्।













