डडेल्धुरा: जिल्लाको परशुराम नगरपालिकाको आधिकारिक फेसबुक पेज ह्याक भएको छ।
बुधबार दिउसोदेखि पेजमा समस्या आइरहेको परशुराम नगरपालिकाका सुचना प्रविधि अधिकृत दिपेन्द्र जोशिले जानकारी दिए।
पेजबाट अनधिकृत रूपमा पोष्ट नभएको तर परशुराम नगर पालिकाको पेजको नाम परिवर्तन गरी स्टोरेज नगरपालिका (Storage Municipality) राखेको छ। अहिले प्राविधिक टोलीले उक्त पेजलाई पुन: नियन्त्रणमा ल्याउने प्रयास गरिरहेको सुचना प्रविधि अधिकृत दिपेन्द्र जोशिले बताए।
‘एक्कासी बुधबार बेलुका ४ बजे देखि समस्या आयो। प्राविधिक टोलीले पूरानै अवस्थामा फर्काउने प्रयास गरिरहेको छ,’ उनले भने, ‘कसरी यस्तो भयो भनेर अध्ययनका लागि नेपाल प्रहरीको साईबर ब्युरोलाई पनि पत्र मार्फत जानकारी गराई सकेको जोशिले बाताए।
ह्याक भएको फेसबुक पेजबाट अनाधिकृत पोस्ट हुन सक्ने भन्दै नगरपालिकाले सुचना समेत जारी गरेको छ।
पछिल्लो समय नेपालमा ह्याकरहरुको निसानामा सरकारी कार्यालयका फेसबुक पेज परिरहेका छन्।
परशुराम नगरपालिका द्वारा जारी सुचना