डडेल्धुरा: डडेल्धुरा परशुराममा एक महिलाको हत्या गरी फरार रहेका गोपाल राउटेलाई जंगलबाट प्रहरीले नियन्त्रणमा लिएको छ।
बिहिबार परशुराम-५ बासगौराकी ६३ बर्षिया गोमति थापा मगरलाई राउटेले समान्य बिवाद हुदा ढुंगाले हिर्काएर हत्या गरेका थिए। हत्या पछि गोपाल राउटे ४३बर्षिया बुवा हरिलाल राउटे र ३८ बर्षिया आमा हिरा देबि राउटे सहित २ दिन देखि फरार रहेका थिए।
प्रहरीले उनिहरुको लोकेसन ट्रयाक गरिरहेको थियो। सनिबार बिहान परशुराम-६ असुर्यानि जंगल तिर लोकसन ट्राक गरेता पनि त्यहा प्रहरी पुग्दा उनिहरु अर्को जंगल पसि सकेका थिए।
परशुराम-३ सिमल्टाको जंगलमा लुकिरहेको अवस्थामा उनिहरुलाई त्यहाँका स्थानियहरुको बिषेश सहयोगमा प्रहरीले नियन्त्रणमा लिएको हो। पक्राउ परेका तिनै जनालाई आजै जिल्ला प्रहरी कार्यालय डडेल्धुरा लगिने ईलाका प्रशासन कार्यालयका प्रमुख गंगा दत्त बडुले जानकारी दिएका छन्।
फरार अभियुक्तको खोजी कार्यका लागि जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशी नेतृत्वको टोली, ईलाका प्रशासन कार्यालय जोगबुढा र ससत्र प्रहरीको टोलि खटिएको थियो।