डोटी : डोटीमा भिरबाट लडेर एक गर्भवती महिलाकोे ज्यान गएको छ । जोरायल गाउँ पालिका वडा नं. १ तुसेकी २१ बर्षिय अनिता मल्ल भिरवाट लडेर मंगलबार ज्यान गएको हो ।
मृतक अनिता घरबाट करिब २ किमि टाढा रहेको जँगलमा स्याउला ल्याउन गएकी थिईन । उनी घर नफर्केपछि खोजतलास गर्दा जङ्गलमा करिब चारसय मिटर तल खोल्सीमा मृत अवस्थामा फेला परेको उनका ससुरा प्रेमबहादुर मल्लले जनाएका छन् ।
मृतकका श्रीमान श्याम मल्ल बुडरमा एम्बुलेन्स चालक हुन । मृतकको शब पोष्टमार्टमको लागि डडेल्धुरा अस्पताल पठाईएको थियो।