डडेल्धुरा : आलिताल गाउँपालिकाको-३ स्थित सेलामा स्वास्थ्य इकाइ स्थापना भएको छ । आलिताल गाँउपालिकाले स्वास्थ्य इकाई स्थापना गरेको हो ।
आज एक कार्यक्रमका बीच इकाईको उद्घाटन गरिएको हो । इकाई उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष शेर सिंह पार्कीले दुर्गमका नागरिकलाई स्वास्थ्यमा पहुँच पुर्याउने अभियान स्वरुप सेलामा इकाई स्थापना गरिएको बताए। दुर दराजका नागरिकले समान्य स्वास्थ्य उपचार सेवा लिन घण्टौ हिडेर महंगो स्वास्थ्य सेवा लिनु परेको बाध्यातालाई उक्त इकाई स्थापनाले कहि हद सम्म जनतालाई राहात हुने उहाँको दावि छ।
उद्घाटनमा गाउँपालिका वडा नं ३ का अध्यळ बल बहादुर बुढा, स्वास्थ्य शाखाका संयोजक धन बहादुर ळेत्रि लगायत स्थानिय बासिहरुको उपस्थिति रहेको थियो।
स्वास्थ्य इकाईमा पालिकाले एक जना स्वस्थ्यकर्मी समेत खटाएको छ।