• Front
  • Unicode
Janamukti
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
Janamukti
No Result
View All Result

केपी ओली भन्छन्- सीमा समस्या समाधानमा जमिनको लेनदेनको कुरा उठ्नु दुर्भाग्य

जनमुक्ति संवाददाता ✍️ जनमुक्ति संवाददाता
जेष्ठ २२, २०८०
0
केपी ओली भन्छन्- सीमा समस्या समाधानमा जमिनको लेनदेनको कुरा उठ्नु दुर्भाग्य

काठ्माण्डौ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सीमा समस्या समाधानमा भूमिको लेनदेनको विषय उठ्नु दुर्भाग्य भएको बताएका छन्।

प्रतिनिधि सभाको सोमबारको बैठकमा उनले समुद्रसँगको पारवहनको सुविधा भूमि सट्टापट्टाको विषय नभई अधिकारको विषय भएको बताएका हुन्।

‘बंगलादेश जाने बाटोसँग लिपुलेक–लिम्पियाधुरा सट्टापट्टा गर्न सकिने कुराले देश तरंगित छ। सश्वर आएको छ,’ उनले भने, ‘बंगलादेश जाने बाटो या पारवहनको सुविधा सट्टापट्टाको विषय होइन, त्यो अधिकारको विषय हो।’

बंगलादेशको बन्दरगाहसम्म पुग्ने कुरा पहिले नै टुंगिसकेको उनका भनाइ थियो।

‘यो कुरा पहिले नै टुंगिएर बंगलादेश, भुटान, भारत, नेपाल यी चार देशको संगठन जस्तो बिबिआइएन बनेको थियो। ढुवानी र आवागमनका लागि सहमतिहरू पनि भए। कार्यान्वयनका बेला भुटान पछि हट्यो। पछि बिआइएनमात्रै भन्न थालियो,’ उनले भने।

बंगलादेशसम्म आवतजावत गर्नेगरी बस सेवासमेत उद्घाटन भइसकेको ओलीले बताए।

‘त्यसकारण यो नयाँ होइन। बंगलादेशसम्म जानका लागि आफ्नो जमिन दिनुपर्छ भन्ने कुरा प्रचलनमा नभएको कुरा हो। बंगलादेशमात्रै होइन, अफगानिस्तान जाने बाटो पाउने कि नपाउने? पाकिस्तान जान अमृतसरतिरबाट बाटो पाएका छौं त, त्यसकारण यो बंगलादेशमा जाने बाटोका लागि भनेर उच्चारण हुनु नै गलत हो,’ उनले बताए।

हुनै नसक्ने विषय नेपालको तर्फबाट भारत भ्रमणका बेला कमजोर ढंगले उठेको उनको टिप्पणी थियो।

एमाले अध्यक्ष ओलीले बंगलादेश मोडलमा भूमि लेनदेन नभएको पनि बताए। आ-आफ्नो जमिनमा फर्किएर समाधान गरिएको उनको तर्क थियो।

‘कुनै पनि देशको सरकारलाई आफ्नो जमिन अर्कालाई दिने अधिकार हुँदैन, संविधानमा हुन सक्ने कुरा होइन, कहीँको संविधानमा पनि यस्तो हुँदैन, यस्तो कुरा उठ्नु दुर्भाग्य हो,’ उनले भने।

सम्बन्धित Posts

मूर्तिमा जडित सुनचाँदीको गरगहना चोरी गर्ने गिरोह पक्राउ
सुदूरपश्चिम

डडेल्धुराको आलितालबाट अवैध काठ चिरानी मुद्दाका फरार प्रतिवादी पक्राउ

असार २, २०८२
डडेल्धुराको परशुरामलाई भारतिय दूतावासको एम्बुलेन्स र स्कुल बस सहयोग
सुदूरपश्चिम

डडेल्धुराको परशुरामलाई भारतिय दूतावासको एम्बुलेन्स र स्कुल बस सहयोग

असार १, २०८२
डडेल्धुराको आलितालका करन भारतको ब्याङ्लोरबाट बेपत्ता
सुदूरपश्चिम

डडेल्धुराको आलितालका करन भारतको ब्याङ्लोरबाट बेपत्ता

जेष्ठ ३०, २०८२
कर्णालीका गायक बिष्ट र सुदूरकी गायिका भण्डारीको १९ बर्षपछि पुनर्मिलन
सुदूरपश्चिम

कर्णालीका गायक बिष्ट र सुदूरकी गायिका भण्डारीको १९ बर्षपछि पुनर्मिलन

जेष्ठ २५, २०८२
तटबन्ध पुनःनिर्माण नगरे प्रदेश सांसदहरुलाई परशुराममा प्रवेश निषेध
सुदूरपश्चिम

तटबन्ध पुनःनिर्माण नगरे प्रदेश सांसदहरुलाई परशुराममा प्रवेश निषेध

जेष्ठ २३, २०८२
पुर्व मुख्यमन्त्री सोडारीलाई निलम्बन गर्न अख्तियारको पत्र
सुदूरपश्चिम

पुर्व मुख्यमन्त्री सोडारीलाई निलम्बन गर्न अख्तियारको पत्र

जेष्ठ २१, २०८२

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

नयाँप्रकाशित

मूर्तिमा जडित सुनचाँदीको गरगहना चोरी गर्ने गिरोह पक्राउ

डडेल्धुराको आलितालबाट अवैध काठ चिरानी मुद्दाका फरार प्रतिवादी पक्राउ

✍️ जनमुक्ति संवाददाता
असार २, २०८२
0

यौन क्षमता बढाउन खानुहोस् यी १० खानेकुरा

नेपालमा ७२ प्रतिशत पुरुष र ६७ प्रतिशत महिलामा यौन दुर्वलता

✍️ जनमुक्ति संवाददाता
असार २, २०८२
0

डडेल्धुराको परशुरामलाई भारतिय दूतावासको एम्बुलेन्स र स्कुल बस सहयोग

डडेल्धुराको परशुरामलाई भारतिय दूतावासको एम्बुलेन्स र स्कुल बस सहयोग

✍️ जनमुक्ति संवाददाता
असार १, २०८२
0

डडेल्धुराको आलितालका करन भारतको ब्याङ्लोरबाट बेपत्ता

डडेल्धुराको आलितालका करन भारतको ब्याङ्लोरबाट बेपत्ता

✍️ जनमुक्ति संवाददाता
जेष्ठ ३०, २०८२
0

जन यात्रा प्रा.लि. द्वारा सञ्चालित अनलाइन न्युज पाेर्टल ।

जि.प्र.का.कै. दर्ता नम्बरः २१७/०७८/०७९

कम्पनी दर्ता नम्बरः ३०९४०८/०७९/०८०

सम्पादक : डम्मरी थापा

कार्यकारी सम्पादक: मनोज रावत

डेस्क सम्पादक: दिर्घ साहि

डोटी संवाददाता: लोकेन्द्र बहादुर थापा

डडेल्धुरा संवाददाता: मिना कुमारी साउद प्

कैलाली संवाददाता: पुस्पा कुमारी साउद

कञ्चनपुर संवाददाता: गणेश एसके

ठेगानाः गाेदावरी नगरपालिका-३, मालाखेती, कैलाली

ईमेलः [email protected]

फाेनः 9865650200

© 2022 Janamukti. All rights reserved.

Developed By: DUMAROO

  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग