• Front
  • Unicode
Janamukti
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
Janamukti
No Result
View All Result

बर्षौ देखि बाढीपहिरोको सन्त्रासमा बाचिरहेका आलितालका स्थानिय आन्दोलित

जनमुक्ति संवाददाता ✍️ जनमुक्ति संवाददाता
जेष्ठ २३, २०८०
0
बर्षौ देखि बाढीपहिरोको सन्त्रासमा बाचिरहेका आलितालका स्थानिय आन्दोलित

डडेल्धुरा: डडेल्धुराको आलिताल गाउँपालिका ६ र ७ का बाढी पहिरोपीडित आन्दोलित भएका छन्। आफूहरूका माग सरकारले सम्बोधन नगरेको भन्दै मंगलबार बाढीपीडितहरूले आलिताल गाउँपालिका कार्यालय भीमदत्तपुरमा धर्ना दिएका छन्।

यसका साथै बाढी पहिरोपीडित संघर्ष समितिले गाउँपालिका अध्यक्ष शेरसिंह पार्कीलाई ध्यानाकर्षण पत्रसमेत बुझाएका छन्। बाढीपहिरोले वर्षेनि आलिताल ६ र ७ का आधा दर्जनभन्दा बढी बस्ती कटान गर्दै आइरहेको छ।

आलिताल ६ र ७ का बलौचा, ओबा, ऐरानी, धुपखेडा, खिन्नेभाडी, कोइराले, खुर्सानीझाला, डाइनी, भालुखोला, बान्नेगडा कालीचिउरा, शेरी, गौजना र अस्लाडीलगायतका बस्ती २०७७ साउन १९ देखि २१ गतेसम्म परेको अबिरल वर्षाका कारण लगभग २५० घरधुरी, महादेव मावि भवन र १३ हजार रोपनी खेतीयोग्य जमिन उच्च जोखिम रहेको छ।

टोलबस्तीहरू अति जोखिम रहेको हुँदा तत्काल संरक्षण गर्न नसके यसपालिका वर्षायामको समय थप क्षति ब्यहोर्नुपर्ने अवस्था रहेकोले समस्याको समाधानको लागि बाढी पहिरोपीडित संघर्ष समितिले सरकारको ध्यान आकर्षण गराएको संघर्ष समितिका संयोजक दीपकबहादुर बोहराले बताए। उनका अनुसार तीन वर्षअघि बाढी पहिरोबाट क्षति भएका आलिताल गाउँपालिका–७ का टोलबस्तीहरूमा प्रदेश सरकारका तत्कालीन मन्त्रीहरू, प्रमुख जिल्ला अधिकारी, प्रहरी नायब उपरीक्षक, भूगर्भविद्को टोलीले स्थलगत निरीक्षण गरेको थियो।

‘त्यतिबेला उहाँहरूले पीडितहरूको समस्या चाँडै सामाधान गरी सुरक्षित बासस्थानको व्यवस्थापन गरिने आश्वासन दिनुभएको थियो। तर, ३ वर्ष बितिसक्दा पनि हामी पीडितहरूको समस्या ज्यूकात्यू रहेको छ,’ संघर्ष समितिका संयोजक बोहराले भने, ‘समय समयमा ध्यान आकर्षण गराउँदा पनि हाम्रो समस्या सामाधानका लागि सरकारका कुनै पनि निकायले चासो देखाएका छैनन्।’

राज्यसँग पटकपटक आफूहरूले समस्या दर्साउँदै आएता पनि आफूहरूप्रति राज्यको कुनै पनि निकायको वा सरकारको ध्यान आकर्षण नभएको र पीडितहरूको समस्या सामाधानका लागि कुनै पहल नभएकाले स्थानीय सरकारमार्फत् प्रदेश र संघ सरकारको ध्यान आकर्षण गराइएको संघर्ष समितिका संयोजक बोहराले बताए।

सरकारले मेसिनरी वाल र तारजालीसहितको तटबन्ध गरिदिनुपर्ने तथा सम्भावित विपद्का घटनाबाट जोगिन सुरक्षित टहरा बनाइदिनुपर्ने माग बाढी पहिरोपीडितका छन्। यहाँका बाढीपीडितका समस्या समाधानका लागि सुनुवाई तत्काल नभए आगामी दिनमा कडा संघर्षका कार्यक्रम गर्दै अगाडि बढ्ने चेतावनी उनीहरूले दिएका छन्।

गाउँपालिका अध्यक्ष पार्कीले बाढीपहिरोपीडितका समस्या आफूले पटक–पटक प्रदेश सरकार र डडेल्धुराबाट निर्वाचि सांसदहरूसम्म पुर्‍याएको बताए। समस्या समाधान पर्ने प्रदेश सरकारबाट आवश्वासन मिले पनि कार्यान्वयन भने नभएको उनको भनाइ छ।

अध्यक्ष पार्कीले आलिताल–६ र ७ का बाढी पहिरोपीडितका समस्या समाधानका लागि प्रदेश सरकार गम्भीर बन्नुपर्ने बताए। उनका अनुसार गाउँपालिकासँग तटबन्धका लागि पर्याप्त बजेट छैन। उनले प्रदेश सरकारले बजेटको व्यवस्था गरेमा असार मसान्तसम्ममा तटबन्ध र सुरक्षित टहरा निर्माण गरेर जोखिममा रहेका बस्तीहरू जोगाउन सकिने बताए।

सम्बन्धित Posts

डडेल्धुराको आलिताल-८ ले नि:शुल्क आँखा शिविर सञ्चालन गर्ने
सुदूरपश्चिम

डडेल्धुराको आलिताल-८ ले नि:शुल्क आँखा शिविर सञ्चालन गर्ने

बैशाख ३०, २०८२
अछाममा झगडा गरेको अभियोगमा जिल्ला समन्वय उपप्रमुख पक्राउ
सुदूरपश्चिम

अछाममा झगडा गरेको अभियोगमा जिल्ला समन्वय उपप्रमुख पक्राउ

बैशाख २०, २०८२
डडेल्धुराको जोगबुडाबाट धनगढी जादैँ गरेको इभि हाइस दुर्घटना, ३ जना घाइते
सुदूरपश्चिम

डडेल्धुराको जोगबुडाबाट धनगढी जादैँ गरेको इभि हाइस दुर्घटना, ३ जना घाइते

बैशाख २०, २०८२
मूर्तिमा जडित सुनचाँदीको गरगहना चोरी गर्ने गिरोह पक्राउ
सुदूरपश्चिम

ढोका थुनेर भाउजुमाथि बलात्कार गर्न खोजेको आरोपमा देवर पक्राउ

बैशाख १९, २०८२
मोटरसाइकल दुर्घटनामा २२ बर्षिया युवकको मृत्यु
सुदूरपश्चिम

डोटीको बुडर नजिक मेल खोलामा इभि खस्यो, १ जनाको मृत्यु, ६ जना घाइते

बैशाख १७, २०८२
सुदूरपश्चिमका मुख्यमन्त्री शाहसहितको टोली भारत प्रस्थान
सुदूरपश्चिम

सुदूरपश्चिमका मुख्यमन्त्री शाहसहितको टोली भारत प्रस्थान

बैशाख १६, २०८२

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

नयाँप्रकाशित

डडेल्धुराको आलिताल-८ ले नि:शुल्क आँखा शिविर सञ्चालन गर्ने

डडेल्धुराको आलिताल-८ ले नि:शुल्क आँखा शिविर सञ्चालन गर्ने

✍️ जनमुक्ति संवाददाता
बैशाख ३०, २०८२
0

अछाममा झगडा गरेको अभियोगमा जिल्ला समन्वय उपप्रमुख पक्राउ

अछाममा झगडा गरेको अभियोगमा जिल्ला समन्वय उपप्रमुख पक्राउ

✍️ जनमुक्ति संवाददाता
बैशाख २०, २०८२
0

डडेल्धुराको जोगबुडाबाट धनगढी जादैँ गरेको इभि हाइस दुर्घटना, ३ जना घाइते

डडेल्धुराको जोगबुडाबाट धनगढी जादैँ गरेको इभि हाइस दुर्घटना, ३ जना घाइते

✍️ जनमुक्ति संवाददाता
बैशाख २०, २०८२
0

१३ वर्षीय विद्यार्थीलाई भगाएर लगेकी शिक्षिका पक्राउ, गर्भवती रहेको खुलासा

१३ वर्षीय विद्यार्थीलाई भगाएर लगेकी शिक्षिका पक्राउ, गर्भवती रहेको खुलासा

✍️ जनमुक्ति संवाददाता
बैशाख १९, २०८२
0

जन यात्रा प्रा.लि. द्वारा सञ्चालित अनलाइन न्युज पाेर्टल ।

जि.प्र.का.कै. दर्ता नम्बरः २१७/०७८/०७९

कम्पनी दर्ता नम्बरः ३०९४०८/०७९/०८०

सम्पादक : डम्मरी थापा

कार्यकारी सम्पादक: मनोज रावत

डेस्क सम्पादक: दिर्घ साहि

डोटी संवाददाता: लोकेन्द्र बहादुर थापा

डडेल्धुरा संवाददाता: मिना कुमारी साउद प्

कैलाली संवाददाता: पुस्पा कुमारी साउद

कञ्चनपुर संवाददाता: गणेश एसके

ठेगानाः गाेदावरी नगरपालिका-३, मालाखेती, कैलाली

ईमेलः [email protected]

फाेनः 9865650200

© 2022 Janamukti. All rights reserved.

Developed By: DUMAROO

  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग