डडेल्धुरा: जिल्लाको आलिताल गाउँ पालिकामा जेसिबि दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। बझाङ घर भएका बर्ष २५ का कमल बहादुर बोहराको घटनास्थलमै मृत्यु भएको हो।
सु.प.प्र. ०१-००१-क १६८३ नम्बर प्लेटको जेसिबि आलिताल गोदाम बजारबाट आलिताल -७ को दुधेखालीमा काम गर्न जाने क्रममा आलिताल-८ को कुर्जेनिको कपसे खोलामा दुर्घटना भएको हो। जेसिबि दुर्घटना भई सडक भन्दा २५ देखि ३० मिटर तल खसेको आलिताल प्रहरी चौकीले जनाएको छ।
चालक र सवारी धनिको बारे विस्तृत विवरण खुल्न बाँकी रहेको र घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।