• Front
  • Unicode
Janamukti
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
Janamukti
No Result
View All Result

विप्लवलाई माओवादीमा भित्र्याएर शक्तिशाली महासचिव बनाउने प्रचण्डको तयारी, बालुवाटारमा मिटिङ

जनमुक्ति संवाददाता ✍️ जनमुक्ति संवाददाता
असार ७, २०८०
0
विप्लवलाई माओवादीमा भित्र्याएर शक्तिशाली महासचिव बनाउने प्रचण्डको तयारी, बालुवाटारमा मिटिङ

काठमाडौं, ७ असार । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल यतिवेला शक्ति सञ्चयको लागि सक्रिय बनेका छन् । आँफै सरकारको नेतृत्वमा रहेका दाहालले सत्ता गठबन्धनमा रहेका दुई दल र सत्ता बाहिर रहेको अर्को एक दलसँग मिलेर चार दलीय समाजवादी मोर्चा नेपाल गठन गरेका छन् । कतिपयले दाहालको उक्त कदमलाई प्रतिरक्षाको कदम भनेका छन् ।

कतिपयले भने अरु दलले आन्तरिक संकट भोगेको कारण प्रचण्डले त्राण भरिदिएको भनेर पनि चर्चा गर्ने गरेका छन् । माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल, एकीकृत समाजवादी र नेकपा मिलेर समाजवादी मोर्चा नेपाल गठन भएको छ । मोर्चाको नेतृत्व आलोपालो गर्ने सहमति छ । अहिले मोर्चाको संयोजक प्रचण्ड आँफै छन् । समाजवादी मोर्चाको वकालत गर्ने नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई भने मोर्चामा समेटिएनन् ।

उनी नसमेटिनुमा उपेन्द्र यादवलाई देखाईएको छ । जुन कुरा स्वयम प्रधानमन्त्री प्रचण्डले पनि सार्वजनिक रुपमै स्विकारेका छन् । प्रधानमन्त्री दाहालको ध्यान भने बाबुरामभन्दा पनि विल्लवतर्फ छ । उनी विप्लव नेतृत्वको नेकपासँग एकताको गृहकार्यमा जुटेका छन् । दाहालको सचिवालयले पनि आज विप्लवसँग पार्टी एकताबारे प्रधानमन्त्री दाहालले छलफल गरेको पुष्टि गरेको छ।

पछिल्लो समय विप्लवले प्रधानमन्त्री दाहाललाई साथ दिँदै आएका छन् । माओवादी केन्द्रसँग एकता भए विप्लवलाई महासचिव बनाईने चर्चा छ । माओवादीमा यतिवेला देव गुरुङ महासचिव छन् । महासचिवमा दुई शक्तिशाली नेताहरु जनार्दन शर्मा र वर्षमान पुनले तिव्र चाहना राखेपछि दाहालले शर्मा र पुनमध्ये एक रोज्दा अप्ठ्यारो हुने भएकोले गुरुङलाई महासचिव बनाएका हुन्।

अहिले विप्लव माओवादीसँग एकताको लागि तयार भए महासचिव बनाउने दाहालको तयारी छ । पछिल्लो समय माओवादीहरुलाई एकताबद्ध बनाउने अभियानमा दाहाल जुटिसकेका छन् । यसको लागि दाहालको विश्वासपात्रको रुपमा कृष्णबहादुर महराले निर्णायक भूमिका खेलेका छन् । विप्लवसँग महरा नै निरन्तर सम्वादमा छन् । विप्लवमा जनताको पनि समर्थन रहेकोले प्रचण्डले उनको साथ खोजेको चर्चा हुने गरेको छ ।

प्रधानमन्त्री दाहालले बाबुरामसँग पनि एकताको लागि गृहकार्य भैरहेको र अन्तिम रुप दिन बाँकी रहेको बताउने गरेका छन् । प्रचण्ड आगामी ०८४ को निर्वाचनमा ०६४ को निर्वाचनमा माओवादीले हासिल गरेको सफलता दोहोर्याउने चाहनामा छन् । त्यसको लागि फुटेर चारतिर छरिएका माओवादीहरुलाई गोलबद्ध गर्ने उनको उद्देश्य छ ।

माओवादीनिकट उच्च स्रोतकाअनुसार प्रचण्ड र विप्लवबीच छिट्टै पार्टी एकताको घोषणा गर्ने सहमति बनेको छ । त्यसको लागि दुवै तर्फबाट अहिले गृहकार्य भैरहेको छ । प्रचण्डले विप्लवलाई नै आफूपछिको नेतृत्वको रुपमा विकास गर्न चाहेका छन् । त्यसको लागि उनले पार्टी एकतासँगै विप्लवलाई शक्तिशाली महासचिव बनाउने वचन दिएका छन् । रिपोर्टस नेपालमा भर्खरैखर प्रकाशित समाचार

सम्बन्धित Posts

नेताको गति र मतिसँग नागरिक सन्टुष्ट छैनन् : गगन थापा
राजनीति

डाँडामा बसेर लाखौँ कमाउन सम्भव छः गगन थापा

बैशाख १६, २०८२
एमालेले रघुजी पन्तलाई शिक्षामन्त्री बनाउने,शपथ भोली
देश/राष्ट्रिय

एमालेले रघुजी पन्तलाई शिक्षामन्त्री बनाउने,शपथ भोली

बैशाख १०, २०८२
एमाले अध्यक्ष ओली डडेल्धुराको परशुराम आउँदै
देश/राष्ट्रिय

आन्दोलनरत शिक्षकहरुसँग प्रधानमन्त्री ओली असन्तुष्ट, प्रतिगामी शक्तिलाई साथ दिएको आरोप

बैशाख ८, २०८२
एमाले अध्यक्ष ओली डडेल्धुराको परशुराम आउँदै
राजनीति

प्रधानमन्त्री ओली आज सुदूरपश्चिम आउँदै

फाल्गुन २५, २०८१
रवि लामिछानेको सांसद पद चैट
देश/राष्ट्रिय

रवि लामिछानेको सांसद पद चैट

पुस ७, २०८१
भारतको इसारामा ओली सरकार ढल्दै
राजनीति

भारतको इसारामा ओली सरकार ढल्दै

पुस १, २०८१

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

नयाँप्रकाशित

डडेल्धुराको आलिताल-८ ले नि:शुल्क आँखा शिविर सञ्चालन गर्ने

डडेल्धुराको आलिताल-८ ले नि:शुल्क आँखा शिविर सञ्चालन गर्ने

✍️ जनमुक्ति संवाददाता
बैशाख ३०, २०८२
0

अछाममा झगडा गरेको अभियोगमा जिल्ला समन्वय उपप्रमुख पक्राउ

अछाममा झगडा गरेको अभियोगमा जिल्ला समन्वय उपप्रमुख पक्राउ

✍️ जनमुक्ति संवाददाता
बैशाख २०, २०८२
0

डडेल्धुराको जोगबुडाबाट धनगढी जादैँ गरेको इभि हाइस दुर्घटना, ३ जना घाइते

डडेल्धुराको जोगबुडाबाट धनगढी जादैँ गरेको इभि हाइस दुर्घटना, ३ जना घाइते

✍️ जनमुक्ति संवाददाता
बैशाख २०, २०८२
0

१३ वर्षीय विद्यार्थीलाई भगाएर लगेकी शिक्षिका पक्राउ, गर्भवती रहेको खुलासा

१३ वर्षीय विद्यार्थीलाई भगाएर लगेकी शिक्षिका पक्राउ, गर्भवती रहेको खुलासा

✍️ जनमुक्ति संवाददाता
बैशाख १९, २०८२
0

जन यात्रा प्रा.लि. द्वारा सञ्चालित अनलाइन न्युज पाेर्टल ।

जि.प्र.का.कै. दर्ता नम्बरः २१७/०७८/०७९

कम्पनी दर्ता नम्बरः ३०९४०८/०७९/०८०

सम्पादक : डम्मरी थापा

कार्यकारी सम्पादक: मनोज रावत

डेस्क सम्पादक: दिर्घ साहि

डोटी संवाददाता: लोकेन्द्र बहादुर थापा

डडेल्धुरा संवाददाता: मिना कुमारी साउद प्

कैलाली संवाददाता: पुस्पा कुमारी साउद

कञ्चनपुर संवाददाता: गणेश एसके

ठेगानाः गाेदावरी नगरपालिका-३, मालाखेती, कैलाली

ईमेलः [email protected]

फाेनः 9865650200

© 2022 Janamukti. All rights reserved.

Developed By: DUMAROO

  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग