डडेल्धुरा। परशुराम नगरपालिका वडा नं ९ का अध्यक्ष देब बहादुर बोहरा वडा कार्यालयको कामकाजमा फर्किएका छन्। उनलाई वडाको कामकाजमा फर्काउन पुनर्बाहालिको माग गर्दै असार १ गते नगरपालिकामा आन्दोलन समेत भएको थियो। बोहरालाई स्थानिय वडा बासिले भब्य स्वागत गरेका छन्।
सम्मानित सर्वोच्च अदालतले गत जेठ २२ गते डडेल्धुराका भित्रिमधेशका सामुदायिक बन उपभोक्ता समितिमा आबद्ध पदाधिकारीलाई लागेको मुद्दामा सफाई दिइएको थियो। सोहि अनुसार बोहरालाई पनि वडा कार्यालयको कामकाजमा पुनर्वाहाली गरिएको परशुराम नगरपालिकाका प्रबक्ता खगेन्द्र सिंह ठकुरीले बताउनुभयो।
डडेल्धुरा सामुदायिक वनका उपभोक्ता र पदाधिकारीसहित १८५ जनालाई २०६९ असोजमा वन फडानी गरि भ्रष्टाचार गरेको आरोप लगाउदै मुद्दा दायर गरेको थियो। जसमा वडाध्यक्ष बोहरा पनि थिए।
यहीबीचमा २०७९ बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमार्फत बोहरा वडाध्यक्षमा निर्वाचित भएपनि जिल्ला निर्वाचन कार्यालयले स्वतः निलम्बनमा परेको जानकारी गराएको थियो। तर गत जेठ २२ गते सर्वोच्च अदालतको १८५ जनलाई नै निर्दोष ठहर गरेको थियो।