डडेल्धुरा: डडेल्धुराको परशुराम नगरपालिका वडा.न ४ कटाल स्थित शिबाजी किषान समुहले २० औ राष्ट्रिय धान दिवस मनाएको छ ।
“जलवायु अनुकुलित कृषक मैत्री प्रबिधि ,धान उत्पादनमा बृद्वि” भन्ने राष्ट्रिय नारा सहित भव्य कार्यक्रम सहित २० औ धान दिवस मनाइएको हो ।
परशुराम नगरपालिकाका नगर–प्रमुख भरत वडायर जोशीको प्रमुख आतिथ्यता तथा नगर–उप–प्रमुख बिमला कुमारी बोहरा,वडा.न २ का अध्यक्ष रमेश बोहरा, वडा.न ४ का अध्यक्ष बिश्राम सिह बोहरा र कृषिसाखा प्रमुख कालु सिह बोहराको बिशिष्ठ आतिथ्यतामा २० औ दिवस मनाईएको कृषक समन्वय समिति संयोजक नरेन्द्र बहादुर चन्दले जानकारी दिए ।
सिवाजी कृषक समुहका संयोजक गोपाल दत्त पाण्डेयको खेतमा नगर–प्रमुख, उपप्रमुख ,कृषिसाखा प्रमुख वडा.न २ का अध्यक्ष रमेश बोहरा वडा.न ४ का अध्यक्ष बिश्राम सिह बोहरा समुहका सम्पुर्ण सदस्यहरुको सहभागितामा दिवस मनाइएको सदस्य कबिता धामीले जानकारी दिईन ।
सबै मिलेर रमाईलो गर्दै धान रोप्दै , दहि चिउरा खाई असार १५ अर्थात २० औ राष्ट्रिय धान दिवस मनाइएको हो ।
धान दिवस समारोह कार्यक्रममा बोल्दै परशुराम नगरपालिकाका नगर–प्रमुख र उप–प्रमुख दुवै जनाले कृषि प्रधान देश नेपाल, अन्नको भण्डार डडेल्धुराको भित्रिमधेषलाई यि यस्ता जोशीला र कर्मठ कृषकहरुले चिनाउने भएकाले नगरपालिका पनि गत विगत झै कृषिमा बिभिन्न खाले अनुदान, सहयोग गर्न तत्पर रहेको वताए ।
परशुराम नगरपालिका कृषि शाखा, सिवाजि कृषक समुह र एनएनयसडव्लुए कञ्चनपुरको सयुक्त आर्थिक तथा प्राबिधिक सहयोगमा २० औ राष्ट्रिय धान दिवस मनाइएको हो ।