काठमाडौँ । नेपाल आयल निगम लिमिटेडले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल / मट्टितेलको मूल्य घटाएको छ ।
इन्डियन आयल कर्पोरेसन लिमिटेडबाट असार १६, २०८० मा प्राप्त नयाँ खरिद मूल्यसूचीका सन्दर्भमा निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले मूल्य घटाउने निर्णय गरेको हो ।
साथै साबिकको आन्तरिकतर्फको हवाई इन्धनमा प्रति लिटर रु. १४ तथा अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको खुद्रा बिक्री मूल्यमा प्रति किलो लिटर अमेरिकी डलर ११५ (प्रति लिटर करिब रु. १५००) ले घटाइएको छ ।
एलपी ग्यासको मूल्य भने यथावत रहेको छ ।