• Front
  • Unicode
Janamukti
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
Janamukti
No Result
View All Result

एसईई नतिजा यसै साताभित्र सार्वजनिक गर्ने तयारीमा राष्ट्रिय परीक्षा बोर्ड

जनमुक्ति संवाददाता ✍️ जनमुक्ति संवाददाता
असार १७, २०८०
0
एसईई नतिजा यसै साताभित्र सार्वजनिक गर्ने तयारीमा राष्ट्रिय परीक्षा बोर्ड

काठमाडौँ, असार १७: राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा यसै साता अर्थात् असार २३ गते शनिबारसम्म सार्वजनिक गर्ने तयारी भइरहेको जनाएको छ ।

परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले यही हप्ता नतिजा सार्वजनिक गर्ने लक्ष्यका साथ काम भइरहेको बताए । नतिजा रुजु र इन्ट्री गर्ने काम भइरहेको बोर्डले जनाएको छ । अन्तिम रुजु र इन्ट्री गर्ने प्राविधिक प्रकृतिको काम भएकाले लक्ष्य पूरा नै हुन्छ भन्ने एकिन हुँदैन । प्राविधिक समस्या आए नतिजा प्रकाशन अर्को साता धकेलिन पनि सक्ने बोर्डका कर्मचारीले बताए । गत चैत १७ गतेदेखि सञ्चालित परीक्षामा ४ लाख ८५ हजार ३ सय ९६ विद्यार्थी सहभागी थिए ।
लेटर ग्रेडिङ निर्देशिका– २०७२ वा २०७८ अनुसार कुनमा नतिजा सार्वजनिक गर्ने समेत टुंगो लागिसकेको छैन । बोर्डको बैठकले मात्र त्यस विषयमा निर्णय गर्ने व्यवस्था छ । आइतबा सम्म बैठक डाकिएको छैन । गत वर्ष लेटर ग्रेडिङ निर्देशिका २०७८ कार्यविधि लागू भए पनि २०७२ अनुसार नै नतिजा प्रकाशित गरिएको थियो । यसपालि एसईई दिने विद्यार्थी पुरानो पाठ्यक्रमको अन्तिम व्याच हुन् । त्यसैले पुरानो निर्देशिका (२०७२) अनुसार नै नतिजा प्रकाशन हुनुपर्ने बोर्ड सदस्यहरुको मत बलियो छ ।

निर्देशिका २०७८ मा सैद्धान्तिक विषयमा अनिवार्य ३५ प्रतिशत अंक ल्याउनु पर्ने व्यवस्था छ भने २०७२ मा सैद्धान्तिक र प्रयोगात्मकको अंक जोडेर ३५ प्रतिशत अंक ल्याएपनि विद्यार्थी पास हुने व्यवस्था गरिएको छ । नयाँ निर्देशिका २०७८ लागू हुँदा विद्यार्थी नन् ग्रेडिङमा पर्ने सम्भावना रहन्छ । गत वर्ष कक्षा १२ को नतिजा नयाँ निर्देशिका अनुसार सार्वजनिक गर्दा करिब ५० प्रतिशत विद्यार्थी नन्‌ग्रेडिङमा परेका थिए । दुई विषयसम्म नन् ग्रेडिङ परे तत्कालै ग्रेडवृद्धि परीक्षा दिन पाइने व्यवस्था छ भने त्यो भन्दा धेरै विषयमा नन्‌ग्रेडिङ भए अर्को वर्ष ती विषयको परीक्षा दिन पाइने व्यवस्था गरिएको छ । यसअघि दुई भन्दा धेरै विषयमा नन्‌ग्रेडिङ आए सबै विषयको परीक्षा दिनुपर्ने बाध्यता थियो ।

देशभरका २ हजार ३७ परीक्षा केन्द्रमा सञ्चालित परीक्षामा सामुदायिक र निजीका गरी १२ हजार ८३ विद्यालयका विद्यार्थी सहभागी थिए । ती मध्ये २ लाख ४२ हजार ७ सय १२ जना छात्रा र २ लाख ४२ हजार ६ सय ७४ जना छात्र रहेका छन् । कक्षा ९ देखि प्राविधिक धार समेत पठनपाठन गराउँदै आएका ५ सय ५ विद्यार्थीका १५ हजार ४ सय ६१ जना परीक्षार्थी पनि एसईईमा सहभागी थिए ।

७७ वटै जिल्लामा ७७ हजार ९ सय ९२ जना जनशक्ति परिचालन गरेर परीक्षा लिइएको श्रेष्ठले जनाए । परीक्षा सकिएपछि जिल्ला सदरमुकाममा केन्द्र तोकेर उत्तरपुस्तिका परीक्षण गरिएको थियो । ६ वटा अनिवार्य विषयका प्रश्नपत्र प्रदेशअनुसार फरक फरक थिए । विद्यार्थीले आफूले पढेभन्दा फरक विद्यालयको परीक्षा केन्द्रबाट परीक्षा दिने व्यवस्था मिलाइएको थियो ।

कोरोनाकालमा विद्यार्थीले होमसेन्टर (आफूले पढेकै विद्यालय) बाटै परीक्षा दिएका थिए । दृष्टिविहीन र प्राविधिक धार तर्फका विद्यार्थीका लागि भने घरपायक परीक्षा केन्द्र कायम गरिएको थियो । दृष्टिविहीन स्रोत कक्षामा नै उपकेन्द्र कायम गरिएको हो । स्रोत कक्षा नजिकको परीक्षा केन्द्रले ती विद्यार्थीको परीक्षा लिएका थिए । ५५ जना दृष्टिविहीन विद्यार्थीले एसईई दिएका थिए । गत वर्षसम्म दृष्टिविहीन विद्यार्थी पनि अभिभावकको सहारामा परीक्षा केन्द्रसम्म पुग्नुपर्ने बाध्यता भयो । कान्तिपुरका लागि सुदिप कैनिले समचार लेखेका छन्।

सम्बन्धित Posts

डोटीलाई केन्द्रविन्दु बनाएर ६.६ रेक्टरको शक्तिशाली भूकम्प
देश/राष्ट्रिय

रुकुम पूर्व केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प

बैशाख ११, २०८२
आन्दोलनरत शिक्षकलाई ३ दिन भित्र विद्यालय फर्कन सर्वच्चको आदेश
देश/राष्ट्रिय

आन्दोलनरत शिक्षकलाई ३ दिन भित्र विद्यालय फर्कन सर्वच्चको आदेश

बैशाख ११, २०८२
एमालेले रघुजी पन्तलाई शिक्षामन्त्री बनाउने,शपथ भोली
देश/राष्ट्रिय

एमालेले रघुजी पन्तलाई शिक्षामन्त्री बनाउने,शपथ भोली

बैशाख १०, २०८२
शिक्षकले सडक नछाडेपछि शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजिनामा
देश/राष्ट्रिय

शिक्षकले सडक नछाडेपछि शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजिनामा

बैशाख ८, २०८२
एमाले अध्यक्ष ओली डडेल्धुराको परशुराम आउँदै
देश/राष्ट्रिय

आन्दोलनरत शिक्षकहरुसँग प्रधानमन्त्री ओली असन्तुष्ट, प्रतिगामी शक्तिलाई साथ दिएको आरोप

बैशाख ८, २०८२
बोलेरो जीप दुर्घटनाः तीन जनाको मृत्यु, दुई जना घाइते
देश/राष्ट्रिय

स्कारपियो दुर्घटना हुदाँ महाकुम्भमा स्नान गरी फर्किरहेका चार नेपालीको मृत्यु

फाल्गुन १०, २०८१

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

नयाँप्रकाशित

डडेल्धुराको आलिताल-८ ले नि:शुल्क आँखा शिविर सञ्चालन गर्ने

डडेल्धुराको आलिताल-८ ले नि:शुल्क आँखा शिविर सञ्चालन गर्ने

✍️ जनमुक्ति संवाददाता
बैशाख ३०, २०८२
0

अछाममा झगडा गरेको अभियोगमा जिल्ला समन्वय उपप्रमुख पक्राउ

अछाममा झगडा गरेको अभियोगमा जिल्ला समन्वय उपप्रमुख पक्राउ

✍️ जनमुक्ति संवाददाता
बैशाख २०, २०८२
0

डडेल्धुराको जोगबुडाबाट धनगढी जादैँ गरेको इभि हाइस दुर्घटना, ३ जना घाइते

डडेल्धुराको जोगबुडाबाट धनगढी जादैँ गरेको इभि हाइस दुर्घटना, ३ जना घाइते

✍️ जनमुक्ति संवाददाता
बैशाख २०, २०८२
0

१३ वर्षीय विद्यार्थीलाई भगाएर लगेकी शिक्षिका पक्राउ, गर्भवती रहेको खुलासा

१३ वर्षीय विद्यार्थीलाई भगाएर लगेकी शिक्षिका पक्राउ, गर्भवती रहेको खुलासा

✍️ जनमुक्ति संवाददाता
बैशाख १९, २०८२
0

जन यात्रा प्रा.लि. द्वारा सञ्चालित अनलाइन न्युज पाेर्टल ।

जि.प्र.का.कै. दर्ता नम्बरः २१७/०७८/०७९

कम्पनी दर्ता नम्बरः ३०९४०८/०७९/०८०

सम्पादक : डम्मरी थापा

कार्यकारी सम्पादक: मनोज रावत

डेस्क सम्पादक: दिर्घ साहि

डोटी संवाददाता: लोकेन्द्र बहादुर थापा

डडेल्धुरा संवाददाता: मिना कुमारी साउद प्

कैलाली संवाददाता: पुस्पा कुमारी साउद

कञ्चनपुर संवाददाता: गणेश एसके

ठेगानाः गाेदावरी नगरपालिका-३, मालाखेती, कैलाली

ईमेलः [email protected]

फाेनः 9865650200

© 2022 Janamukti. All rights reserved.

Developed By: DUMAROO

  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग