• Front
  • Unicode
Janamukti
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
Janamukti
No Result
View All Result

सुदूर कै प्रसिद्ध “आलिताल” जोड्ने पुल नहुँदा, पर्यटक र स्थानियलाई सास्ती

जनमुक्ति संवाददाता ✍️ जनमुक्ति संवाददाता
असार २१, २०८०
0
सुदूर कै प्रसिद्ध “आलिताल” जोड्ने पुल नहुँदा, पर्यटक र स्थानियलाई सास्ती

डडेल्धुराः सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध पर्यटकीय क्षेत्र आलिताल जाने सडकमा मोटरेबल पुल नहुँदा सास्ती हुने गरेको छ। आलिताल गाउँपालिका–३ मा रहेको आलिताल जाने सडकमा पक्की पुल नहुँदा यहाँका स्थानीय तथा पर्यटकहरूलाई निकै समस्या भएको हो।

आलिताल–८ घुम्ती बजारदेखि वडा नम्बर ३ को झोता जोड्ने पुल नहुँदा समस्या भएको स्थानीय छबिलाल थापामगरले बताए। पुल नहुँदा बिरामी तथा अन्य नागरिकलाई वर्षादका बेला निकै सास्ती भोग्नुपर्ने उनको भनाइ छ। उनका अनुसार पुल निर्माण नभएपछि दुईतीन घन्टा हिँडेर अन्यत्र पुल भएको ठाउँमा गएर बिरामीलाई नदी तर्नुपर्ने बाध्यता रहेको छ।

‘यहाँ पुलको निकै आवश्यकता छ। तर राज्यको ध्यान अहिलेसम्म पनि पुगेको छैन। रंगुन र सुनखोलको दोभानमा रहेको यस ठाउँमा पुल निर्माण हुनुपर्दछ,’ थापाले भने, ‘शेरबहादुर देउवाज्यू पाँच–पाँच पटक प्रधानमन्त्री हुँदासमेत यो पुलको बारेमा सुनुवाई नै भएन। यहाँका पुल नहुँदा बिरामी, सुत्केरीलाई दुईतीन घन्टा हिँडेर अन्यत्र पुल भएको ठाउँमा गएर नदी तर्नुपर्ने बाध्यता छ।’

आफूहरूले पटक–पटक प्रदेश र संघीय सरकारसँग पुल निर्माणका लागि माग गरेपनि बेवास्ता गरिँदै आएको स्थानीय तथा संविधानसभा सदस्य हरिलाल थापामगरको आरोप छ। एमाले, कांग्रेस र माओवादी नेतृत्वको सरकारसँग हारगुहार गर्दा पनि मागको सुनुवाई कतैबाट पनि नभएको उनले बताए। घुम्ती–आलिताल–चौडबन्डाले–चिर्किट्टे खण्डअन्तर्गत यहाँको रंगुन खोलामा अनिवार्य रूपमा पुल निर्माण हुनुपर्ने संविधानसभा सदस्य थापाको माग छ।

‘आजभन्दा १५ वर्षदेखि हामी निरन्तर रूपमा यहाँ पुल बन्नुपर्छ भनेर माग गर्दै आइरहेका छौं। प्रधानमन्त्री, मन्त्रीलाई भेटेर पनि पुन बनाइदिन आग्रह ग¥यौं। तर, अहिलेसम्म पनि हाम्रा माग सम्बोधन भएका छैनन्,’ उनले भने, ‘पुल यहाँको अनिवार्य आवश्यक हो। यसवर्षको बजेटमा पनि पुल निर्माण परेन। हामी यहाँ सरकारले चाँडोभन्दा चाँडो पुल निर्माण गर्नुपर्छ भन्ने पक्षमा छौँ।’

यस सडक घुम्ती–झोता भएर वडा ३ का दर्जनौं बस्तीका नागरिक ओहोरदोहार गर्दछन्। तर, रंगुनमा पुल नहुँदा उनीहरू आफ्नो ध्यान नै जोखिममा राखेर नदी गर्न बाध्य छन्। यहाँ पुल निर्माणका लागि स्थानीय सरकारले पटक–पटक प्रदेश र संघीय सरकारलाई ध्यानाकर्षण गरेको गाउँपालिका उपाध्यक्ष मैनाकुमारी रावल बोहराले बताइन्। तर, प्रदेश र संघीय सरकारले आफूहरूका मागलाई सम्बोधन नगरेको र स्थानीय सरकारसँग पक्की पुल बनाउन बजेट नभएको उनको भनाइ छ।

‘घुम्ती–चिर्किट्टे जोड्ने सडक खण्डको रंगुन नदी पुल निर्माणको माग गर्दै हाम्रो पालिका अध्यक्ष शेरसिंह पार्कीज्यूले संघीय सरकारको भौतिक मन्त्रालयमा फाइल दर्ता गराउनुभयो। तर, त्यसको कुनै सुनुवाई नै भएन,’ उपाध्यक्ष रावलले भनिन्, ‘त्यसपछि हामीले सोही फाइललाई प्रदेश सरकारमा पनि बुझायौं तर यसवर्ष बजेट नपर्दा यहाँका स्थानीयसँगै हामी जनप्रतिनिधि पनि चिन्तित र दुखिद् छौं।’

उनले यहाँ पुल नहुँदा वर्षेनि नदी तर्दा एकदुई जनाको ज्यान जाने गरेको पनि बताइन्। त्यसले पुल निर्माण हुन नितान्त आवश्यक रहेका उनको भनाइ छ। पुल नबन्दा सवारी साधन र पैदल यात्रुलाई समेत आउ–जाउ गर्न समस्या परेको छ। पानी परेपछि खोला बढ्दा समयमै स्कुल पुग्न पनि कठिनाइ हुने गरेको यहाँका विद्यार्थीको भनाइ छ। पुल नहुँदा पर्यटकीय क्षेत्र आलिताल जाने पर्यटकहरूलाई पनि समस्या हुने गरेको छ।

सम्बन्धित Posts

बैतडी र बाजुरामा वर्षासँगै हिमपात
सुदूरपश्चिम

तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

पुस १७, २०८२
डडेल्धुरा परशुरामको दुर्गम बस्ति असुरानीमा सडक पुग्यो, स्थानियले नाच्दै खुसि मनाए
सुदूरपश्चिम

डडेल्धुरा परशुरामको दुर्गम बस्ति असुरानीमा सडक पुग्यो, स्थानियले नाच्दै खुसि मनाए

पुस १७, २०८२
कांग्रेसको समानुपातिक बन्द सुचिमा परशुरामकी हरिना देवि
सुदूरपश्चिम

कांग्रेसको समानुपातिक बन्द सुचिमा परशुरामकी हरिना देवि

पुस १६, २०८२
कञ्चनपुरमा वनभोज खान गएका एक युवकको चिप्लिएर मृत्यु
सुदूरपश्चिम

डडेल्धुराको आलितालमा अत्याधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु

पुस १५, २०८२
मन्त्रालयले हाकिम नपठाएपछि पञ्चेश्वरका अध्यक्षको सिंहदरबारमै अनशन बस्ने तयारी
सुदूरपश्चिम

मन्त्रालयले हाकिम नपठाएपछि पञ्चेश्वरका अध्यक्षको सिंहदरबारमै अनशन बस्ने तयारी

पुस १३, २०८२
केशवसिंह स्मृति क्रिकेट प्रतियोगितालाई कृष्ण धामीद्वारा १० हजार सहयोग
सुदूरपश्चिम

केशवसिंह स्मृति क्रिकेट प्रतियोगितालाई कृष्ण धामीद्वारा १० हजार सहयोग

पुस १३, २०८२

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

नयाँप्रकाशित

बैतडी र बाजुरामा वर्षासँगै हिमपात

तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

✍️ जनमुक्ति संवाददाता
पुस १७, २०८२
0

डडेल्धुरा परशुरामको दुर्गम बस्ति असुरानीमा सडक पुग्यो, स्थानियले नाच्दै खुसि मनाए

डडेल्धुरा परशुरामको दुर्गम बस्ति असुरानीमा सडक पुग्यो, स्थानियले नाच्दै खुसि मनाए

✍️ जनमुक्ति संवाददाता
पुस १७, २०८२
0

कांग्रेसको समानुपातिक बन्द सुचिमा परशुरामकी हरिना देवि

कांग्रेसको समानुपातिक बन्द सुचिमा परशुरामकी हरिना देवि

✍️ जनमुक्ति संवाददाता
पुस १६, २०८२
0

कञ्चनपुरमा वनभोज खान गएका एक युवकको चिप्लिएर मृत्यु

डडेल्धुराको आलितालमा अत्याधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु

✍️ जनमुक्ति संवाददाता
पुस १५, २०८२
0

जन यात्रा प्रा.लि. द्वारा सञ्चालित अनलाइन न्युज पाेर्टल ।

जि.प्र.का.कै. दर्ता नम्बरः २१७/०७८/०७९

कम्पनी दर्ता नम्बरः ३०९४०८/०७९/०८०

सम्पादक : डम्मरी थापा

कार्यकारी सम्पादक: मनोज रावत

डेस्क सम्पादक: दिर्घ साहि

डोटी संवाददाता: लोकेन्द्र बहादुर थापा

डडेल्धुरा संवाददाता: मिना कुमारी साउद प्

कैलाली संवाददाता: पुस्पा कुमारी साउद

कञ्चनपुर संवाददाता: गणेश एसके

ठेगानाः गाेदावरी नगरपालिका-३, मालाखेती, कैलाली

ईमेलः [email protected]

फाेनः 9865650200

© 2022 Janamukti. All rights reserved.

Developed By: DUMAROO

  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग