
डडेल्धुरा: मोहन वैद्य “किरण” नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको यति बेला देश भर पार्टी एकता अधिबेशन र प्रशिळण चलिरहेको छ। डडेल्धुरामा पनि श्रावण १४ र १५ गते पार्टी एकता अधिबेशन हुने भएको छ।
नेत्र बिक्रम चन्द “विप्लव” लाई कारबाही गर्दै बिभाजित बनेको धर्मेन्द्र बास्तोला “कञ्चन” नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (बहुमत) र मोहन वैद्य “किरण” नेतृत्वको क्रान्तिकारी माओवादी पार्टी बिच एकता भए पछी सबै जिल्लाहरुमा एकता अधिबेशन तिब्र चलाएको छ।
सोहीक्रममा डडेल्धुरामा पनि क्राकपाको एकता अधिबेशनमा पार्टीका सदुरपश्चिम प्रदेश ईञ्चार्ज गुणराज लोहनीको प्रमूख आथित्याता र प्रदेश संयोजक राम बहादुर चौधरी “महान” को बिशिष्ट अथितिमा एकता अधिबेशनको आयोजना हुने क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल डडेल्धुराले जनाएको छ।
पार्टी एकता अधिबेशनमा बिभिन्न बित्तिय संस्थाहरुलाई करबाही गर्ने निर्णय पारीत गरिने डडेल्धुरा जिल्ला संयोजक सागर बोहरा बताउनु भयो।











