• Front
  • Unicode
Janamukti
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
Janamukti
No Result
View All Result

सवारी दुर्घटनामा चार जनाको मृत्यु

जनमुक्ति संवाददाता ✍️ जनमुक्ति संवाददाता
असार ३१, २०८०
0
केन्यामा भयानक सडक दुर्घटना, ४८ जना को मृत्यु

काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । नेपाल प्रहरीका अनुसार महोत्तरीको गौशाला नगरपालिका-४ रजखोरमा प्रदेश २-०२-००१ त १४९३ नम्बरको ट्याक्टरमा इलेक्ट्रिक साइकल ठक्कर खाई शनिबार साँझ दुर्घटना हुँदा साइकलयात्री सोही नगरपालिका-३ ईटाटार बस्ने ७५ वर्षीय साधु साहको मृत्यु भएको छ । दुर्घटना गम्भीर घाइते भएका उनको  प्राथमिक स्वास्थ्य केन्द्र गौशाला महोत्तरीमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै पर्वतको कुश्मा नगरपालिका-३ सकुश्मा दुर्लुङस्थित सडकमा ग.१ ज ५२२९ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब ३५ मिटर तल खसेर शनिबार साँझ दुर्घटना हुँदा सोही ठाउँ बस्ने ७ वर्षीया सितल विकको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको  जिल्ला अस्पताल पर्वतमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका जीपमा सवार ७ जनालाई  उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरा पठाइएको छ भने ४ जना जिल्ला अस्पताल पर्वतमा उपचार पश्चात डिस्चार्ज भएका छन् । जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उता बाँकेको कोहलपुर नगरपालिका-११ मेरिस्टोप्सस्थित भे.७ प ७११६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा चालक नेपालगन्ज उपमहानगरपालिका-१८ कारकांदो बस्ने ३५ वर्षीय सुबास राईको मृत्यु भएको छ ।  दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुर बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो  ।

CG

त्यसैगरी रुपन्देहीको रोहिणी गाउँपालिका-४ सेमरहवास्थित सडकमा लु.७३प ८६४३ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री सोही गाउँपालिका-४ पकडी बस्ने ६५ वर्षीय चन्द्रिका अहिरको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको भीम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।  साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य ३ जनाको मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ ।  सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित Posts

पत्रकार सुरेश रजकको हत्या विरुद्ध मा डडेल्धुरा बिरोध प्रदर्शन
Uncategorized

पत्रकार सुरेश रजकको हत्या विरुद्ध मा डडेल्धुरा बिरोध प्रदर्शन

चैत्र १६, २०८१
बाजुराका विद्यार्थी बोकेको बस दुर्घटना
Uncategorized

बाजुराका विद्यार्थी बोकेको बस दुर्घटना

फाल्गुन ५, २०८१
बाजुरामा बसको ठक्करबाट चार वर्षीया बालकको मृत्यु, चालक पक्राउ
Uncategorized

बाजुरामा बसको ठक्करबाट बालकको मृत्यु, गर्भवती आमा घाइते

फाल्गुन ४, २०८१
कार्यसम्पादनमा डडेल्धुराकै उत्कृष्ट बन्यो भागेश्वर, दोस्रोमा आलिताल  र अमरगढी
Uncategorized

डडेल्धुराको आलितालमा जनप्रतिनिधि बिच किचलो, ४ वडा अध्यक्ष सहित ८ जनाले निकाले विज्ञप्ती

फाल्गुन ४, २०८१
डडेल्धुराको आलिताल आउँदै पुर्व अर्थमन्त्री बर्षमान पुन
Uncategorized

डडेल्धुराको आलिताल आउँदै पुर्व अर्थमन्त्री बर्षमान पुन

माघ २१, २०८१
आज श्रीपञ्चमी, सरस्वतीको पूजा आराधना गरिँदै
Uncategorized

आज श्रीपञ्चमी, सरस्वतीको पूजा आराधना गरिँदै

माघ २१, २०८१

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

नयाँप्रकाशित

जेनजि सरकारले काटेका डडेल्धुराका योजनाबारे ध्यानाकर्षण

जेनजि सरकारले काटेका डडेल्धुराका योजनाबारे ध्यानाकर्षण

✍️ जनमुक्ति संवाददाता
मंसिर २७, २०८२
0

डडेल्धुराको परशुराममा वडाबाटै योजना सम्झौता, स्थानियलाई सहज

डडेल्धुराको परशुराममा वडाबाटै योजना सम्झौता, स्थानियलाई सहज

✍️ जनमुक्ति संवाददाता
मंसिर २७, २०८२
0

कैलालीबाटै चुनाव लड्छुः आरजु राणा

आरजु देउवा दुई ठाउँबाट उम्मेदवार सिफारिस

✍️ जनमुक्ति संवाददाता
मंसिर २७, २०८२
0

कैलालीको गेटा अस्पतालले माग्यो १५ स्टाफनर्ससहित २६ जना स्वास्थ्यकर्मी

कैलालीको गेटा अस्पतालले माग्यो १५ स्टाफनर्ससहित २६ जना स्वास्थ्यकर्मी

✍️ जनमुक्ति संवाददाता
मंसिर २६, २०८२
0

जन यात्रा प्रा.लि. द्वारा सञ्चालित अनलाइन न्युज पाेर्टल ।

जि.प्र.का.कै. दर्ता नम्बरः २१७/०७८/०७९

कम्पनी दर्ता नम्बरः ३०९४०८/०७९/०८०

सम्पादक : डम्मरी थापा

कार्यकारी सम्पादक: मनोज रावत

डेस्क सम्पादक: दिर्घ साहि

डोटी संवाददाता: लोकेन्द्र बहादुर थापा

डडेल्धुरा संवाददाता: मिना कुमारी साउद प्

कैलाली संवाददाता: पुस्पा कुमारी साउद

कञ्चनपुर संवाददाता: गणेश एसके

ठेगानाः गाेदावरी नगरपालिका-३, मालाखेती, कैलाली

ईमेलः [email protected]

फाेनः 9865650200

© 2022 Janamukti. All rights reserved.

Developed By: DUMAROO

  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग