काठमाडौ : जुम्लाकाे गुठीचाैर गाउँपालिकाकी उपाध्यक्षले अध्यक्षमाथि हातपात गरेकी छन्।
गाउँ कार्यपालिकाको बैठकमा नै मल्लले बुढामाथि हातपात गरेकी थिइन् । उपाध्यक्षले अध्यक्षलाई दुई झापड हानेपछि चप्पल प्रहार गरेकी थिइन् । अध्यक्षले बजेटमा मनपरी गरेको उपाध्यक्ष मल्लको आरोप छ ।
गाउँपालिका अध्यक्ष दानबहादुर बुढाले कार्यपालिकाको बैठकमा आफूमाथि हातपात भएको भन्दै जिल्ला प्रहरी कार्यालय जुम्लामा उजुरी दिएका थिए।
अध्यक्षमाथि हातपात गर्ने जुम्ला गुठिचौर गाउँपालिका उपाध्यक्षलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
गाउँपालिका अध्यक्ष दानबहादुर बुढा कांग्रेसका हुन् भने उपाध्यक्ष मल्ल नेकपा (एकीकृत समाजवादी) की हुन्।