डडेल्धुरा : भित्रिमधेशको एक मात्र क्याम्पप त्रिवेणी बहुमुखी क्याम्पस जोगबुढाको क्याम्पस प्रमुखमा उप-प्राध्यापक राजेन्द्र प्रशाद भट्ट नियुक्त भएका छन्।
यो संगै सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतका १५ आंगिक क्याम्पसका क्याम्पस प्रमुख फेरिएका छन् ।
को कहाँ हेर्नुहोस्
जसअन्तर्गत कैलाली बहुमुखी क्याम्पस धनगढीको क्याम्पस प्रमुखमा वरिष्ठ प्राध्यापक तोयराज भट्ट, टीकापुर बहुमुखी क्याम्पसको प्रमुखमा ढबिन्द्र रावल, अत्तरियाको दुर्गालक्ष्मी बहुमुखी क्याम्पस प्रमुखमा नरेन्द्र बहादुर ऐर, बझाङको जयपृथ्वी क्याम्पस प्रमुखमा दिर्घ पण्डित, दार्चुलाको गोकुलेश्वर बहुमुखी क्याम्पसको प्रमुखमा परमल सिंह महरा र खलंगास्थित दार्चुला बहुमुखी क्याम्पसको प्रमुखमा नरेन्द्रराज अवस्थीलाई नियुक्ति गरेको छ
यस्तै अछामको जनता बहुमुखी क्याम्पस प्रमुखमा परमानन्द अर्याल, बैतडीको जगन्नाथ बहुमुखी क्याम्पस प्रमुखमा सुरेन्द्र कुमार बम, पाटन बहुमुखी क्याम्पसको प्रमुखमा विनोद सिंह भण्डारी र मेलौलीस्थित मणिलेक बहुमुखी क्याम्पस प्रमुखमा भगिरथ सिंह नेगी, डोटीको उच्चाकोटस्थित सीताराम बहुमुखी क्याम्पसको प्रमुखमा दिपक बहादुर साउद र जोरायलस्थित घण्टेश्वर सेती महाकाली बहुमुखी क्याम्पस प्रमुखमा शरद कुमार अधिकारी, बाजुराको नौबिसेस्थित बडीमालिका क्याम्पस प्रमुखमा नर बहादुर कटुवाल र मार्तडीस्थित बाजुरा क्याम्पस प्रमुखमा रुपक रौले तथा डडेल्धुराको जोगबुढामा रहेको त्रिवेणी बहुमुखी क्याम्पसको प्रमुखमा राजेन्द्रप्रसाद भट्टलाई नियुक्ति गरेका छन् ।
क्याम्पस प्रमुखको कार्यकाल ४ बर्ष रहने सुदूरपश्चिम बिश्वबिद्यालयले जनाएको छ