डडेल्धुरा : भित्रि मधेशको परशुराम-१२ सिद्धाथानमा बिगत १४ बर्ष देखी व्यवसायिक ळेत्रमा आफ्नो करियर अगाडि बढाएर सफल भएका एक युवा जोगबुढा ळेत्रकै चर्तित नाम हो गोबिन्द खड्का। मेहनत, लगनशील, इमानदारिताका साथै सबै संग मिल्न सक्ने खुबी भएका खड्का सबैको लागि युबा ब्यापारी भनेर ‘हिरो’को उपनाम पाएका छन् ।
उसो त गाँउघरमा व्यवसायमा टिक्न निकै गाह्रो छ । कुनै बेला सहकारीबाट २० हजार ऋिण लिएर समान्य किराना पसलबाट सुरुगरेको व्यवसाय अहिले होलसल ठुलो किरानामा परिणत भएको छ ।
अहिले उनको पसलमा दैनिक उपभोग्यका समाग्रीहरु नुन तेल देखि खाना पकाउने ग्यास र कुखुराको मासु सम्म पाउने गरेको छ।
आफ्नो निरन्तर मेहनत र व्यवसायप्रतिको लगनशिताले यहाँ सम्म पुगेको खड्का बताउछन्। एसएलसि दिएपछि १७ बर्षको उमेर देखि व्यवसायमा आबद्धभए जुनबेला हामिजस्ता उमेरका साथिहरु घुम्ने रमाउने खेल्ने पढ्ने गर्दथे। आफु भने सानै देखि व्ययवसायमा नैन रुचि राख्ने गरेको खड्का बताउछन्।
सुरुमा त यो व्ययवसायले के होला र जस्तो लागेको थियो तर बिस्तारै राम्रो हुदै गयो । अहिले पनि राम्रै छ। कोरोना महामारीको दुई तिन बर्ष सम्म ब्यवसायलाई निकै घाटा पुगे अहिले आएर ठिक ठाउँमा आएको उनि बताउछन्। व्यवसायलाई नाफामुखिसंगै सेवामुखि पनि बनाउनु पर्नेमा उनको जोड छ।











