
डडेल्धुरा: जिल्लाको परशुराम नगरपालिकामा एक पुरुष मृत फेला परेका छन्।
परशुराम-१० लामिजाला बस्ने ३५ बर्षिया प्रेम सिंह भाट मृत फेला परेको इलाका प्रहरी कार्यालय जोगबुढाले जनाएको छ।
उनको जोजला नजिकै पसलबाट घर जाने क्रममा बाटोमै मृत्यु भएको हुनसक्ने समान्य सोधपुछ पछी प्रहरीले अनुमान गरेको छ।
मृतकको शवलाई अहिले पोस्टमार्टमका लागि जोगबुढा अस्पताल ल्याउँदै गरेको इलाका प्रहरी कार्यालय जोगबुढाका प्रमुख गंगा दत्त बडुले बताउनुभयो।
मृत्युको कारणबारे पोस्टमार्टम पछिमात्रै थहा हुने उहाँको भनाई छ।
मृतकको घरमा श्रिमति तिन छोरी र एक छोरा रहेका छन्।











